बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको जन्मदिन : प्रम ओलीको एकैपटक तीन भाषामा शुभकामना

मङ्गलबार, ३१ भदौ २०७६, १० : ५८
मङ्गलबार, ३१ भदौ २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ६९ वर्षको पुगेका छन् ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै जन्मदिनको शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप