शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिडी महायज्ञको मण्डप नै बाढीले बगायो

मङ्गलबार, ३१ भदौ २०७६, ०९ : ५०
मङ्गलबार, ३१ भदौ २०७६

बुटवल । गुल्मीको रिडीमा गर्न लागिएको धार्मिक महयज्ञको पितृमोक्ष गर्ने मण्डप नै कालिगण्डकी नदीले बगाएको छ ।

गत रातिदेखि अविरल वर्षा भई कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो क्षति भएको रुरु नेटवर्कका सञ्चालक सुन्दर कसाजुले जानकारी दिए ।  कसाजुले अहिले बिहानैदेखि रिडीवासी बाढीबाट सामाग्री बचाउका लागि जुटिरहेको बताए ।

गत भदौ २८ गते परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेको महायज्ञ २१ दिनसम्म चल्ने  र २१ सय रुपैयाँमा  विवाह, व्रतबन्ध र पितृमोक्ष गराइने उद्घोष गरिएको थियो । उक्त महायज्ञको बालयोगेश्वर महराज भनिने विजय भण्डारी प्रमुख बाचक रहँदै सञ्चालन गरिरहेका छन् ।

वैदेशिक रोजगार ठगी मुद्दामा एक वर्ष जेल सजाय पाएका भण्डारी गुल्मीको पालुखा माध्यामिक विद्यालयबाट महायज्ञ सञ्चालन गर्न जुटेका थिए ।  उनलाई बैदेशिक रोजगार न्यायधिकरण ईजलासले १ वर्ष ५ महिना २६ दिन जेल सजाय भुक्तानीका लागि गुल्मी जिल्ला अदालतमा पत्र पठाएको छ ।

यता, नेपाल पञ्चाङ्घ  निर्णय समितिले पनि उक्त महायज्ञ आयोजनाप्रति विरोध जनाएका छन् ।


समितिका अध्यक्ष प्राध्यापक डाक्टर ताराप्रसाद गौतमले भनेका थिए, ‘भदौ २८ गते देखि असोज ११ गते शुक्रअस्त रहेको छ । यस अवधिमा कुनै पनि पूजापाठ गर्नु हुँदैन । काठमाडौँको गोकर्णेश्वरमा र गुल्मीको रिडीमा सोह्रश्राद्ध  लगायतको पूजा पाठ गरिँदै छ । त्यसबाट पितृमोक्ष हुँदैनन । जो जसले गर्न लागेका छन् उनीहरुलाई नै अनिष्ठ हुनेछ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप