चिनियाँ प्रधानमन्त्री औपचारिक भ्रमणका लागि रुसमा
सेन्ट पिटर्सवर्ग-चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार रूसको सेन्ट पिटर्सवर्ग आइपुगेका छन् । तीन दिने औपचारिक भ्रमणका लागि उनी रुस आउनुभएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ ।
दुई देशको दौत्य सम्बन्धको ७०औँ बार्षिकोत्सवको अवसर पारेर उनले रूसको भ्रमण गर्नु भएको बताइएको छ । चिनियाँ उपविदेश मन्त्री लि युचङले रुस र चीनबीचको सम्वन्धलाई नयाँ युगको रूपमा परिभाषित गरे ।
उनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुका बीचमा भेटवार्ता हुने जानकारी पनि दिए । चिनियाँ प्रधानमन्त्री लि र रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेभको भेट चिनियाँ र रूसी सरकार प्रमुखको २४औ बैठकका रूपमा हुन लागेको हो ।
प्रधानमन्त्री लिका अनुसार बैठकमा दुई देशका मुख्य उद्देश्यहरुलाई केन्द्रीत गरेर छलफल गरिने छ । दुई पक्षीय हित, साझा चासो र सहकार्यलाई ध्यानमा राखेर दुई प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्रीद्वय ली र मेद्भेदेभले सेन्ट पिटर्सवर्गमा छलफल तथा साझा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेट्ने कार्यक्रम रहेको छ । -सिन्ह्वा/Photo: Xinhua
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने