शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी

सोमबार, ३० भदौ २०७६, २१ : ५०
सोमबार, ३० भदौ २०७६

जनकपुर – विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ ।

पुरातत्व विभागद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । सोअन्तर्गत विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ ।

सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ । 

युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिननसकेको बताइएको छ । प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताए ।

भुलवस् जानकी मन्दिरको परिसर केही पूर्वाधार निर्माणको कार्यको थालनी गरिएको बताउँदै मन्त्रालयले विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा बाधा पु¥याउने कुनै पनि कार्य नगर्नेसमेत उहाँले प्रतिबद्धता व्यक्त गरे । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताए ।

मन्त्रालयका सचिव भरतमणि सुवेदीले विश्वसम्पदामा सूचीकृत हुने वातावरण कायम गर्नु आवश्यक भएको धारणा राखे । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताए ।

पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाअन्तर्गत सीमाङ्कनपछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने जानकारी गराए । विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर र अभियन्ता गोपाल झाले पुरातात्विक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने खाँचौं औल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप