कृष्ण र टीकाको ‘ पुर्याईदिउँला ट्रेण्डिङमा’
काठमाडौं – पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा युट्युवको ट्रेण्डिङले निकै महत्व राख्ने गर्दछ । सार्वजनिक भएका नयाँ गीत युट्युवको ट्रेन्डिङमा परे हिट र नपरे फ्लप भनेर भन्ने समेत गरेका छन् ।
सायद, त्यसैले पनि नयाँ गीत बाहिर ल्याउँदा त्यसका श्रष्टाले ट्रेन्डिङमा पार्न बुष्टदेखि प्रचारका अनेक माध्यम अपनाउने गरेका छन् । यस्तै परिवेशलाई समेटेर गायक कृष्ण भट्टराई र गायिका टीका प्रसाईले नयाँ गीत ‘पु¥याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीतमा डीपी खनालको शब्द, विश्वास अधिकारीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियो भने सविन किशोर मैनालीले निर्देशन गरेका हुन् । जसमा शैलेस हमाल, सञ्जु भण्डारी, रिया शर्मा, गौरव घिमिरे, मनिल पुरीको अभिनय छ ।
शैलेश हमालकै कोरियोग्राफी रहेको भिडियो अष्ट्रेलियामा छायाँकन गरिको छ । भिडियोमा अष्ट्रेलियाको सुन्दर दृष्यहरु कैद गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा