बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मा शोमा फर्किदै सुनिल ग्रोवर ! फ्यानले भने, ‘अब आउनुस् डाक्टर साब’

सोमबार, ३० भदौ २०७६, १९ : ०६
सोमबार, ३० भदौ २०७६

मुम्बई– कमेडियन कपिल शर्मा र सुनील ग्रोवरले पछिल्लो केही बर्ष एकसाथ कमेडी मार्फत दर्शकको मनमा राज गरे । यी दुबै कमेडियनका अलग–अलग अन्दाज दर्शकले रुचाए । दुबैले एकसाथ मिलेर दर्शकलाई निकै मनोरञ्जन समेत दिलाए ।

कपित त अहिले पनि ‘द कपिल शर्मा शो’ मार्फत दर्शक हँसाइरहेका छन् । तर शोमा सुनील भने छनन् । तर दर्शकले शोको गोल्डेन समय भने कपिल शर्मा कप्पुको भूमिका र सुनील ग्रोवर रिंकु भाभी र डाक्टर महशुर गुलाटी बनेर देखिएको समय नै मान्ने गरेका छन् ।

एक मनमुटावले कपिल र सुनिलका बीच निकै दुरी पैदा गरिदियो । उनीहरु अलग भए । तर कपिल र सुनिलका फ्यान भने दुबैलाई फेरि एकसाथ हेर्न चाहान्छन् ।  यसै समय सुनिलले एक ट्वीटमार्फत दर्शकको शो आशा जगाएका छन् । जसलाई कपिल शर्मा शोमा उनको वापसीको इसारा समेत मानिएको छ । 

‘सबै मिल्न सक्छ । केही पनि हमेसाका लागि रहँदैन । त्यसैले हमेशा दोस्रोसँग आभारी रह्यो । यही मुल मन्त्र हो । धेरै हाँस्नुहोस् ।’ उनले ट्वीटमा लेखदेका छन् ।  सुनिलको यो ट्वीटलाई धेरैले उनले कपिल शर्मा शोमा फर्किने मन बनाएको अनुमान लगाएका छन् । 

यो ट्वीटमा कयौं फ्यानले सकारात्मक कमेन्ट समेत गरेका छन् । एक फ्याले लेखेका छन् ‘मलाई लाग्छ । सुनिल फर्किन लागेका छन् । यो एक इसारा हो ।’ अर्का एक फ्यानले लेखका छन् ‘सुनिल सर तपाइँको एक्ट्सको धेरै मिस गर्छु ।’

अर्का एक फ्यानले कमेन्टमा अब त आउनुस् डाक्टर साब भनेर समेत आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप