शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियो नेपाल परिसरबाट पत्रकार पक्राउ

सोमबार, ३० भदौ २०७६, १७ : ०६
सोमबार, ३० भदौ २०७६

काठमाडौं– पत्रकारको पुनर्बहालीको माग सहित वार्ताका लागि सिंहदरवार गएका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार निष्कासित पत्रकारको पुनर्बहालीको मागसहित वार्ताका लागि रेडियो नेपाल गएका नेपाल पत्रकार महासंघका प्रतिनिधि र पत्रकारलाई पक्राउ गरेको हो ।  

रेडियो नेपाल दिपायबाट निकालिएका पत्रकार चक्र कुँवर, प्रकाश बम र सुनिता रावललाई पुनर्बहालीको मागसहित उनीहरू रेडियो नेपालको व्यवस्थापनपक्षसँग वार्ताका लागि गएका थिए । 

वार्तामा कुरा नमिलेपछि पत्रकार महासंघका प्रतिनिधिको नेतृत्वमा रेडियो नेपाल तालाबन्दि भएको थियो । त्यसलगत्तै प्रहरीले आफुँहरुलाई गेटबाटै पक्राउ गरेको महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ । 

पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम विरही, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, दिलीप पौडेल, योगेन्द्र बलायर छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप