बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि प्रवेश निषेध

सोमबार, ३० भदौ २०७६, १६ : ०९
सोमबार, ३० भदौ २०७६

धनुषा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो ।

अध्यक्ष सरोज यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप