शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट भारततर्फ गाईगोरुसहित एक जना पक्राउ

सोमबार, ३० भदौ २०७६, १३ : १७
सोमबार, ३० भदौ २०७६

धनुषा– नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अन्सारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।  

प्रहरी चौकी रघुनाथपुरको टोलीले अन्सारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय सम्सीको जिम्मा लगाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप