शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रजात्राको रौनक : श्वेत भैरवको प्रसाद खान तछाँडमछाड

सोमबार, ३० भदौ २०७६, ०९ : ३७
सोमबार, ३० भदौ २०७६

काठमाडौँ– येंया पुन्ही अर्थात् ईन्द्रजात्राको छैठौं दिन बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गरेका छन् ।

हनुमानढोका दरबार अगाडि यः सिं हर्थाथ लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँडरक्सी खुवाइने प्रचलन छ ।

यसअघि भैरवको मुखबाट निस्किने जाँडरक्सी पहिले पुरुषले मात्र खान्थे । अहिले महिलाका लागि छुट्टै दिन तोकिएको छ । त्यसैले आइतबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लागेको थियो । प्रसाद खान चाहनेहरु लाइन लाग्नुपर्छ । प्रसाद रातको समय खुवाइन्छ । आइतबार राति पनि प्रसाद खान सयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए ।

श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप