इङ्लिस प्रियिमर लिग : आर्सनलसँग वाटफोर्टको बराबरी
एजेन्सी । इङ्लिस प्रियिमर लिग फुटबलको बलियो टोली आर्सनल वाटफोर्टसँग बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा सुरुवाती दुई गोल गरेपनि अग्रता जोगाउन नसक्दा आर्सनल वाटफोर्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनलका लागि दुवै गोल पिर्रे इमरिक ओउवामियाङले गोल गरेका थिए । घरेलु टोली वाटफोर्डका लागि टोम क्लेभरर्ली र रोवर्टाे पेरेराले एक एक गोल गरे ।
२१औं मिनेटमा ओउवामियाङले सिड कोलासिनाकको पासमा गोलगर्दै आर्सनलको खाता खोले । ३२औं मिनेटमा ओउवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
आर्सनलले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वाटफोर्डका लागि ५३औं मिनेटमा टोमले पहिलो गोल फर्काए ।
८१औं मिनेटमा रोवर्टाेले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । डेभिड लुइजले पेरेरालाई फल हानेपछि वाटफोर्डले पेनाल्टी पाएको थियो ।
बराबरीसँगै पाँच खेलबाट आठ अंक बनाएको आर्सनल सातौँ स्थानमा छ । दुई अंक बनाएको वाटफोर्ड तालिकाको पुच्छारमा छ ।
अर्को खेलमा बर्नमाउथले एभर्टनलाई ३–१ गेलले हरायो । बर्नमाउथको जितमा कलुम विल्सनले २३औं र ७२औं मिनेटमा दुई गोल गरे । रायन फ्रासरले ६७औं मिनेटमा गोल गरेका थिए ।
एभर्टनका डोमिनिक कलभर्टले ४४औं मिनेटमा एक गोल गरेका थिए । जितसँगै सात अंक बनाएको बर्नमाउथ आठौं स्थानमा छ । एभर्टन सात अंकसहित ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
-
प्रदेश सरकारको भागबन्डामा जुटेन सहमति, गठबन्धन दलहरूको आ–आफ्नै अडान
-
सर्लाहीबाट १० निरीक्षक निष्कासित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए
-
सुन तस्करीमा प्रतिवादी बनाइएका जीवन चलाउनेसँग एक दर्जन प्रहरी अधिकृतको नियमित सम्पर्क
-
हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल