फिस्लिङमा प्रहरी पोष्ट स्थापना
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताए ।
उनले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको र लामो समयको प्रयासपछि अस्थायी भए पनि प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताइन् ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लले अन्तै बस्न लागेको प्रहरी जनशक्ति यहाँ बढी आवश्यक भएर उपलब्ध गराइएको बताए ।
उपरीक्षक मल्लले यहाँ भीडभाड र दुर्घटना बढी हुने गर्दा इलाका प्रहरी कार्यालय मुग्लिनबाट नागरिकलाई सेवा दिन कठिनाइ भइरहेको र स्थानीय मागबमोजिम नै प्रहरी पोष्ट स्थापना गरिएको उल्लेख गरे ।
अहिले स्थानीय सगरमाथा युवा क्लबको भवनमा अस्थायी प्रहरी पोष्ट सञ्चालन गरिएको छ । यस प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरीले आइतबारदेखि नै सेवा शुरु गरेका छन् ।
प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय खुशी भएका छन् । सगरमाथा क्लब फिस्लिङका प्रतिनिधि कमल ठकुरीले लामो समयको प्रयासपछि यहाँका स्थानीयको माग पूरा भएको भन्दै खुशी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल