शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गर्ने ज्ञानेन्द्र शाही अन्ततः प्रहरी हिरासतमा

आइतबार, २९ भदौ २०७६, २३ : ०७
आइतबार, २९ भदौ २०७६

काठमाडौं-शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गर्ने ज्ञानबहादुर शाही भन्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ। प्रहरीमाथि अभद्र व्यबहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई हिरासतमा लिएको हो ।

शाहीले आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीु नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथी अभद्र व्यबहार गरेको प्रहरीको आरोप छ ।  ललितपुर परिसरको मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार प्रहरी टोलिमाथि अभद्र गरेपछि उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको हो ।

शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीले प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थक बीच झडप भएको थियो ।

पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ को ९ (क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारी प्रहरीले गरेको छ। उक्त दफा बमोजिमको 'अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद' हुने कानुनी ब्यबस्था छ। शाही लगायतको समूहले मन्त्री भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै दुर्व्यवहार गरेका थिए । मन्त्री भट्टराई कैलालीमा आयोजित डल्फिन महोत्सवमा सहभागी भएर काठमाडौं आउने क्रममा विमान डिले गरेको आरोपमा शाहीको समूहले उनीमाथि आक्रमण प्रयास गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप