सीसीए स्कुल अफ एकाउन्टेन्सी १४ औं वर्षमा, गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता
काठमाडौं– चार्टर्ड एकान्टेन्सी सम्वन्धि शिक्षा प्रदान गर्दै आएको सीसीए स्कुल अफ एकाउन्टेन्सी १४ औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंको पुतलीसडकमा अवस्थित सीसीए स्कुल आफ एकाउन्टेन्सीले शुक्रबार आफ्नो १३औं वार्षिकोत्सव मनाएको हो ।
यूके बोर्डबाट संचालित व्यवसायीक कोर्स एसीसीएको शैक्षिक साझेदारको रुपमा सीसीए स्कुल आफ एकाउन्टेन्सीले पठन पाठन गराउँदै आएको छ ।
वार्षिकोत्सव कार्यक्रममा कलेजका अध्यक्ष विक्रान्त आचार्यले गुणस्तरीय शिक्षा प्रदान गर्न कटिवद्ध रहेको बताए । उनले विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखेर नै गुणस्तरमा सम्झौता नगर्ने बताए ।
त्यसैगरी कलेजका निर्देशक मनिष शर्माले एसीसीको मूल्य मान्यतालाई आत्मसाथ गर्दै कलेजले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए । उनले धेरै नेपाली युवा गुणस्तरीय शिक्षाको लागि भन्दै विदेशमा ठूलो लगानी गरिरहेको अवस्थामा स्वदेशमै गुणस्तरीय शिक्षा उपलब्ध भएको सन्देश दिन चाहेको बताए ।
सीसीएले हाल प्रि एसीसीए कक्षा समेत संचालन गरिरहेको छ । जुन नेपालनै पहिलो अभ्यास हो । भिन्न भिन्न क्षेत्रका विद्यार्थीहरुलाई सीसीए कोर्सको बारे जानकारी दिन र नियमित कक्षामा सहजता थप्नको लागि प्रि क्लास संचालनमा लयाएको कलेजले जनाएको छ ।
विद्यार्थीको सहजताको लागि कलेजले हाल छात्राबासको व्यवस्था पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र