बिआरआईबाट चीनले मात्र लाभ लिन्छ भन्ने भ्रममा नपरौँ : माधव नेपाल
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआईबाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दावी गरेका छन् ।
नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले चिनियाँ राष्ट्रपति सी जिन फीङले सबै राष्ट्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ अघि सारिएको सो अवधारणालाई कुनै पनि राष्ट्रले अन्यथा लिन नहुने स्पष्ट पारे ।
आइतबार काठमाडौंमा आयोजित ‘बिआरआई बहस’ विषयक विचार गोष्ठीमा उनले सो अवधारणाले कुनै पनि राष्ट्रमाथि अन्य राष्ट्रले हस्तक्षेप गर्न नपाउने व्यवस्थालाई पनि जोड दिइएको स्पष्ट पारे ।
वरिष्ठ नेता नेपालले बिआरआईले कुनै एक राष्ट्रको मात्रै नभई विश्वका सबै राष्ट्रको आर्थिक विकास र कनेक्टिभिटीमा जोड दिएकाले यसबाट चीनले मात्रै लाभ लिन खोजेको भन्ने भ्रममा पर्न नहुने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन