शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुबिसुको दशैं, तिहार अफरः इन्टरनेट वा क्लियर टिभी सेवा ९९ मै

आइतबार, २९ भदौ २०७६, १९ : ३३
आइतबार, २९ भदौ २०७६

काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ मा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ ।

आउँदै गरेको महान चाडलाई उपभोक्तहरुले हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यमबाट सर्वसुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको हो । 

यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र ९९ (कर सहित) मा एक महिनाको लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभी प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा ७५ भन्दा बढी एचडी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् । 

सथै मात्र १९८ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन् । जसमा २५ एमबीपीएसइन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप