शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली क्षेत्र डोल्पोबुद्धमा

आइतबार, २९ भदौ २०७६, १९ : १८
आइतबार, २९ भदौ २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । 

नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको उद्घाटन गरे । उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गरे ।

बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश सम्प्रेषण गरे । यसैबीच, डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा न.ं ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप