शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो छैन: अध्यक्ष प्रचण्ड
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् ।
अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिए ।
सहिद प्रतिष्ठान, नेपालद्धारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु¥याउन प्रधानमन्त्री ओलीले सो आयोगको संयोजक मैले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिनु भएको पनि बताए ।
‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएपनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाई थियो ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी÷विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ