शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो रह्यो विद्युत प्राधिकरणमा कुलमान घिसिङको ३ वर्ष ? (भिडियो)

आइतबार, २९ भदौ २०७६, १७ : २०
आइतबार, २९ भदौ २०७६

कुलमान घिसिङले प्राधिकरण सम्हालेको ३ वर्र्ष पूरा भएको छ । ३ वर्र्ष अवधिमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरी ९ अर्ब वार्षिक घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे जानकारी गराएका हुन् ।

उनले आफूले जिम्मेवारी सम्हाल्दा ८ घण्टाको लोडसेडिङ रहेको र संस्था वार्षिक झन्डै ९ अर्ब रुपैया  घाटामा रहेको बेला राजनीतिक नेतृत्व सहित सबैको सहयोगबाट अँध्यारो युगलाई उज्यालोमा युगमा पु¥याउन सफल भएको बताए । 

उनले तीन वर्षअघि प्रति व्यक्ति वार्षिक ऊर्जा खपत करिव १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिव २४५ युनिट पुगेको रहेको जानकारी दिए ।

साथै प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न  संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको उल्लेख गरे । उनले आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले वित्तीय सुधारतर्फ निकै फड्को मारेको विवरण पेश गरेका छन् ।  आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आर्थिक वर्ष ०७३/७४मा  १ अर्ब ४७ करोड, आर्थिक वषै ०७४/७५ मा रु २ अर्ब ८५ करोड र आर्थिक वर्ष ०७५/७६ मा  ७ अर्ब २० करोड खुद नाफा आर्जन गरेको जानकारी दिए ।

उनले कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाएको बताउदै मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयहरुलाई प्रादेशिक कार्यलयहरुमा रुपान्तरण गरिएको जानकारी दिए ।

उनले २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको, गत वर्र्ष मात्रै सात सय ५७ सर्किट किलोमिटर लाइननिर्माण सम्पन्नभई ६०६ सर्किट किलोमिटर चार्ज भएको बताए ।

यस्तै लामो समयदेखि सम्पन्नहुन नसकी रुग्ण बनेको काबेली करिडोर सहित  प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न, १३ आयोजनाको ठेक्का सम्झौता रद्ध गरी पूनः ठेक्काप्रकृया शुरु गरिएको जानकारी दिए ।

यस्तै ढल्केवर २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको, कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र  विहारबीच विद्युत आदानप्रदानको क्षमताविस्तार गरिएको उल्लेख गरे ।

३ वर्र्षभित्रमा निर्माण तथा स्तरोन्नति गरी १७१२ एम.भि.ए. क्षमताका प्रसारण सव्स्टेसन थप गरिएको पनि उनले बताए ।

७८ प्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच

तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रीडमा आवद्ध विद्युतीय सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको घिसिङले बताए । ग्राहस्थ, सामुदायिक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको सङ्ख्या ४५  लाख पुगेको उनको भनाइ छ ।

ग्राहकले विद्युत महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको, स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको पनि उनले जानकारी दिए ।

यस्तै देशभरी रहेका थ्री फेज मीटर तथा टि ओ डि मिटरहरुलाई स्मार्ट मीटर ले प्रतिस्थापन गर्ने कार्य द्रुतगतिमा अगाडि बढाएका पनि उनले बताए ।

काठमाडौं उपत्यकमा जथाभावीरुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको र काठमाडौ, ललितपुर र भक्तपुर शहरहरुमा भूमिगत वितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको पनि उनले बताए ।

यस्तै तीन वर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युतचुहावटलाई तीनवर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको, तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक रु ७ अर्ब थप आम्दानी गरेको घिसिङले जानकारी दिए ।

यस्ता छन् प्राधिकरणका आगामी कार्ययोजना

प्राधिकरणले उर्जा उत्पादन, प्रशारण तथा वितरणका साथै  संस्थालाई नाफामूलक, अनुशासित, सम्मानितर शसक्त बनाउने कुरालाई प्राथमिकता दिइने उनले बताए ।

ग्राहकको सन्तुष्टीलाई केन्द्रविन्दुमा राखेर प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने, आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गर्ने योजना बनाइएको छ ।

यस्तै अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने, प्राधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुलार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने योजना बनाएको छ ।

यसैगरी संस्थागत सुशासनलाई कठोरता साथलागू गरिने छ, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने,  मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागू गरिने योजना पनि बनाइएको छ ।

स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाइने,  चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुमपूर्व, कालिकोट, जुम्ला र बाजुरामा ग्रीड पु¥याइने र ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिने योजना बनाइएको छ ।

यस्तै देशैभरि स्मार्ट मीटर जडान कार्य ंगरिने, वितरण प्रणालीलाई स्वचालित बनाउन कार्यक्रम अगाडि बढाईने र आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवम् गरिने कार्यकारी निर्देशक घिसिङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप