बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘टुहुरो कुण्डली’को अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’

आइतबार, २९ भदौ २०७६, १५ : ४५
आइतबार, २९ भदौ २०७६

काठमाडौं– युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’को अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालले हालै अनामनगरको मुल सडकमा पुस्तक विमोचन गरेको हो । कार्यक्रममा पत्रकार भैरब रिसाल, मोहनबहादुर के.सी. इन्जिनियर दुर्गा वस्थी, स्वास्थ्यकर्मी प्रदिप रिमाल, समालोचक ज्ञाननिष्ठ ज्ञवली, पुस्तक अनुवादक रिषी न्यौपाने लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पत्रकार भैरव रिसालले साहित्यकारले सामाजिक तड्क भड्क र महंगो रुपमा पुस्तक लोकार्पण गर्ने परिपाटी छिचोल्दै लेखक फुलाराले जिरो ब्यालेन्समा पनि पुस्तक बिमोचन गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।

त्यसैगरी ‘टुहोरो कुण्डली’ पुस्तकका अनुवादक रिषी नौपानेले पुस्तकमा भौगलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानवीय घट्नालाई यथार्थ रुपमा चित्रण गरेको बताए । पुस्तक मानवीय करुणारसले भरिएकोले आफुले अँग्रेजीमा अनुवाद गर्न पाएकोमा खुशी व्यक्त गरे । 

नेपाली साहित्य इतिहासमा सम्भवत पहिलोपटक मूल सडकबाटै पुस्तक विमोचन भएकोमा नयाँ शैलीको प्रयोग र फरक जनसमुदायमा उदाहरणीय रहेको भन्दै युवा लेखक फुलारालाई को काममो धेरैले प्रशंसा गरे । 

उपन्यासकार तथा फुलारा लिट्रेचर फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका भीष्मराज फुलाराले आफु बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगाएर उपन्यास तयार पारेको बताए ।  उनले उपन्यास करुणा, दयामाया, सद्भाव र सहानुभूति जस्ता संवेदना उठान गरेर लेखेको बताउँदै पढेर प्रतिकृया दिन आग्रह गरे ।

फुलारा लिट्रेचर फाउण्डेशन नेपालले बजार ब्यबस्थापन सम्हालेको यो पुस्तकको मूल्य ५५० रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप