शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सिङ काउन्सिलको निर्वाचन सम्पन्न, ३ जना सदस्य निर्वाचित

आइतबार, २९ भदौ २०७६, १२ : ४२
आइतबार, २९ भदौ २०७६

काठमाडौँ । नेपाल नर्सिङ परिषद्को रिक्त तीन सदस्यमा डा. तारा शाह, कृष्णकुमारी पौडेल र जिता बराल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत शाह, पौडेल र बराल निर्वाचित भएका हुन् । जसमध्ये शाहले १४९१, पौडेलले १२९९ र बरालले १२१६ मत प्राप्त गरेका थिए ।

परिषद्को तीन पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । १४ मतदान केन्द्र धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा तोकिएको थियो ।

सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको थियो ।

नर्सिङ काउन्सिलको इतिहासमा पहिलो पटक बोर्ड सदस्यको लागि चिर्वाचन भएको हो । करिब १३ हजार मतदाता रहेको काउन्सिलमा २५ प्रतिशत मात्रै मत खसेको थियो ।

निर्वाचनमा ३ व्यक्तिसँगै सरला केसी, मित्रकुमारी देवकोटा, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप