शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तेलुगू’ फिल्ममा परमिता

आइतबार, २९ भदौ २०७६, ११ : ५९
आइतबार, २९ भदौ २०७६

काठमाडौं – हिट फिल्म ‘चपली हाइट’को पहिलो सिक्वेल ‘चपली हाइट २’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री परमिता राज्यलक्ष्मी राणाको अभिनय ‘तेलुगू’ फिल्ममा पनि रहने भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले ‘तेलुगू’ फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेकी हुन् ।

तेलुगूका एक्सनस्टार गोपीचन्दको मुख्य भूमिका रहने एक फिल्ममा आफु लिड हिरोइन रहेको उनले सार्वजनिक गरेकी छन् । नाम नखुलाइएको फिल्मको शुक्रबार हैदरावादको एक मन्दिरमा शुभमुहूर्त समेत भएको छ ।

‘सुपरस्टार गोपी चन्दसँग प्रतिष्ठित एसवीसीसी फिल्म ब्यानरबाट बन्ने फिल्म पाउदा सम्मानित भएको महशुस गरेकी छु,’ फिल्मको मुहूर्त तस्वीरका साथ उनले लेखेकी छन् ।

बिनु सुब्रह्मण्यमको निर्देशन रहने यो फिल्म ठूलो बजेटमा निर्माण हुन लागेको हो । विभिएसएन प्रसादले निर्माण गर्न लागेको फिल्ममा उनको बोल्ड छवि समेत देख्न मिल्नेछ । बिनुले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत भर्नेछन् ।

‘चपली हाइट २’ पछि ‘चङ्गा चेट’ मा अभिनय गरेकी परमिताको ‘दी कर्मा’ रिलिजको तयारीमा रहेको फिल्म हो ।

प्रेम, ब्रेकअफ र बोल्ड छविका कारण नेपाली कलाक्षेत्रमा हमेसा चर्चामा रहने परमिताले तेलुगू फिल्ममा कतिको चर्चा र सफलता पाउँछिन् । त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप