केन्द्रीय संस्करण
डाक्टरका कुरा

'जङ्कफुड प्रयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या निम्त्याउँछ '

वरिष्ठ पोषणविद् डा. उमा कोइरालासँगको अन्तरवार्ता

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0

पछिल्लो समय बजारमा पाइने प्याकेटका खानेकुरा (जङ्कफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरमुरे, बिस्कूट, चकलेट, चिजवल र विभिन्न पेय पदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध छन् । यस्ता खानामा जिब्रोले पनि निकै स्वाद पाउने हुँदा आममानिसको रुची पनि यसैमा बढी देखिन्छ । तर यस्ता खाने कुराले हाम्रो स्वास्थ्यलाई फाइदा नगर्ने पोषणविद्हरु बताउँछन् । जङ्कफुड प्रयोगले सबै उमेर समूहका व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर गर्ने उनीहरुको भनाइ छ  ।

पछिल्लो समय नेपालमा विभिन्न रोग बढ्दै जानुमा पनि जङ्कफुड अर्थात् बजारमा पाइने प्याकेटको खाने कुरालाई पनि प्रमुख कारक भएको उनीहरुको ठम्याइ छ । जङ्कफुडले स्वास्थ्यमा पार्ने असर र जङ्कफुड छुटाउने उपायबारे वरिष्ठ पोषणविद् डा. उमा कोइरालाको जानकारी दिएकी छन् ।

शरीरलाई कस्ता पोषण तत्त्वको आवश्यक हुन्छ ?

क्यालोरी, प्रोटिन, भिटामिन (ए.बीसी.बी६, बी१२), क्याल्सियम, आइरन, फस्फोरस, जिंक शरीरलाई नभै नहुने तत्त्वहरु हुन् । यो सबै कुराले एकले अर्काेलाई सहयोग गरेर नै शरीरमा काम गरिरहेका हुन्छन् । उदाहरणका लागि क्यालोरी राम्रोसँग पचाउनको लागि प्रोटिन र प्रोटिन पचाउन क्यालोरीले सहयोग गरिरहेको हुन्छ । यस्तै विभिन्न किसिमको भिटामिन र मिनिरलले क्यालोरी र प्रोटिन पचाउन मद्दत गरिरहेको हुन्छ । यी विभिन्न पोषण तत्त्वले एकले अर्काेसँग समन्वय गरेर काम गरिरहेका हुन्छन् । सबै पोषणको बराबरी भूमिका हुन्छ । मात्राको हिसाबले शरीरमा कुनै कम चाहिन्छ भने कुनै अलि धेरै आवश्यक पर्छ । फरक यति मात्र हो ।

*****

नेपालमा सहरी क्षेत्रमा बढी मात्रामा जङ्कफुडको प्रयोग भएको पाइन्छ । अहिले गाउँ घरमा पनि यस्ता खालको खानेकुरा प्रशस्त मात्रामा पुगेको देखिन्छ । सहरी क्षेत्रमा प्रायः अविभावकहरु व्यस्त हुने हुँदा विद्यालयमा खाजाको रुपमा पैसा दिने अथवा प्याकेटको खानेकुरा पठाउने गर्छन् । चाउचाउ, कुकिज, बिस्कूटजस्ता खानेुकुरा विद्यालय जाने बालबालिकाको दैनिक खाजा नै भइरहेको छ । बिहान पनि हतारमा थोरै खाएर जाने, दिउँसो पनि राम्रो खाजा भएन भने बालबालिकाले कसरी पौष्टिक तत्त्व प्राप्त गर्ने ?

*****

पछिल्लो समय यस्ता पोषण तत्त्व पाउने खानेकुराभन्दा पनि जङ्कफुडको प्रयोग बढी भएको पाइन्छ । यस्ता खानपानले बालबालिकाको स्वास्थ्यमा कस्ता समस्याहरु आउँछन् ?

बजारमा प्याकेटमा पाइने विभिन्न खाने कुरा र जङ्कफुड खान दिँदा क्यालोरी र प्रोटिनप्रशस्त मात्रामा पाइँदैन । त्यसैले गर्दा बालबालिकाको विकास हुने समयमा हड्डी मांशपेसीको पनि वृद्धि गर्न सक्दैन । सेल वृद्धि हुनको लागि प्रोटिन चाहिन्छ । प्रोटिनसँगै क्यालोरी र डिभिजन भएन भने बालबालिकामा ख्याउटे, पुड्कोपन देखिने सम्भावना हुन्छ । हड्डीको राम्रोसँग विकास भएन भने पनि पुड्कोपन हुने, सेल बढेन भने ख्याउटे हुने हुन्छ  । समयअनुसारको तौल र उचाई पनि नबढ्ने सम्भावना हुन्छ । जङ्कफुडले बालबालिकाको मानसिक विकास पनि समयअनुसार हुन सक्दैन । दिमागको सेलहरुलाई पर्याप्त मात्रामा खानेकुरा नपुग्दा मानसिक विकासमा पनि समस्या देखिन्छ । जुन कुरा जङ्कफुड बाट पाइँदैन ।


नेपालमा बढी मात्रामा जङ्कफुड प्रयोग गर्नुको कारण के पाउनु हुन्छ ?

नेपालमा सहरी क्षेत्रमा बढी मात्रामा जङ्कफुडको प्रयोग भएको पाइन्छ । अहिले गाउँ घरमा पनि यस्ता खालको खानेकुरा प्रशस्त मात्रामा पुगेको देखिन्छ । सहरी क्षेत्रमा प्रायः अविभावकहरु व्यस्त हुने हुँदा विद्यालयमा खाजाको रुपमा पैसा दिने अथवा प्याकेटको खानेकुरा पठाउने गर्छन् । चाउचाउ, कुकिज, बिस्कूटजस्ता खानेुकुरा विद्यालय जाने बालबालिकाको दैनिक खाजा नै भइरहेको छ । बिहान पनि हतारमा थोरै खाएर जाने, दिउँसो पनि राम्रो खाजा भएन भने बालबालिकाले कसरी पौष्टिक तत्त्व प्राप्त गर्ने ? यस्ता खानेकुरा सहजै रुपमा पाइने र सजिलो हुने हुँदा पनि प्रयोग गर्नेको संख्या बढ्दै गएको देखिन्छ । बालबालिकालाई विद्यालयमा खाजा कस्तो दिन्छन्, खान्छन् कि खादैनन् भन्ने कुरा नै थाहा हुँदैन । त्यसले गर्दा बालबालिकामा अस्वभाविक तौल हुने, उमेर अनुसार उचाई नबढ्ने, हाडको पनि राम्रोसँग विकास नहुने जस्ता समस्या हुन्छन् । जुन कुराले हामीलाई निकै दुःख लाग्छ । अण्डा, दूघ, दही, फलफूल, रोटी, दाल, माछा, मासु, हरियोसाग पात, मकै र भटमास, रोटीजस्ता खानेकुरा खुवाउनु राम्रो हुन्छ ।

किशोरावस्थामा चाहिँ जङ्कफुडले कस्तो समस्या निम्त्याउँछ ?

विस्तारै हामी नेपालीहरुमा घरमा पाइने स्थानीय खानेकुरा खाने चलन हराउँदै गइरहेको छ । किशोरावस्थाका व्यक्तिहरुले पनि धेरै मात्रामा जङ्कफुडको प्रयोग गरेको पाइन्छ । यो समय भनेको पोषणयुक्त खानेकुराको जरुरी हुने समयमा हो । यो अवस्था शारीरिक विकासको हिसाबले अत्यन्त महत्त्वपूर्ण अवस्था हो । यो अवस्थामा महिला पुरुष दुवैको यौनअंगहरुको विकास हुने र धेरै हर्मोन परिवर्तन हुनुका साथै उचाई र तौल पनि यही बेलामा बढ्छ । यो समयमा बाहिरको खानामा धेरै ध्यान दिँदा पोषिलो तत्त्व पुगिरहेको हँुदैन । त्यसैले यो समयमा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

*****

आमा, बाबुले बालबालिकालाई झर्केर कराएर भन्दा पनि राम्रोसँग सम्झाउनुपर्छ । जङ्कफुडको असरको बारेमा बताउनुपर्छ । अविभावकले अल्छी नगरी बालबालिका विद्यालय जानुभन्दा पहिला नै उठेर  घरमा खाजा तयारी गरेर पठाउने बानी बसाल्दा राम्रो हुन्छ । रोटी, आलु, विभिन्न सागसब्जी राखेर भुटेकै भात बनाएर पठाउने हो भने यस्तो खाना कुराले बालबालिकाको स्वास्थ्यलाई फाइदा गर्छ ।

*****

किशोरावस्थामा कसैको कुरा नसुन्ने बाहिरको खाना खाने, बाबुआमालाई नटेर्ने खालका हुन्छन् । यसले पनि समस्या निम्ताउँछ । बालबालिका जन्मेको एक वर्षभित्र र किशोरावस्थामा धेरै बढ्ने गर्छन् । त्यो बढ्ने समयमा शरीरमा प्रयाप्त मात्रामा पौष्टिक तत्त्व भएन भने उमेर अनुसार बढ्न सक्दैन । अरु देशको दाजोमा हामी किन सानो ? जन्मिदा उस्तै—उस्तै जन्मिन्छ पछि गिर्दै जान्छन् । जुन जङ्कफुड तथा समयमा पोषण प्रयाप्त मात्रामा नपाउँदा हो । शारीरिक, मानसिक समस्या आएपछि किशोरकिशोरीले युवा अवस्थामा गर्नुपर्ने कामहरु जति गर्नुपर्ने हो त्यति गर्न सक्दैनन् । किनभने बाल्य अवस्थाको त्यो पोषणको कमीले राम्रोसँग सिक्न सक्दैनन् । सिकाइ नै सिक्न सकेन भने पछि उमेर अनुसार गर्नुपर्ने काममा समस्या आउँछ । जङ्कफुड धेरै प्रयोग गर्ने किशोर—किशोरी सामाजका अन्य किशोर—किशोरी सरह काम गर्न सक्दैन ।

अब जङ्कफुड कम गर्न अथवा छुटाउन के गर्ने ?

बालबालिकालाई जङ्कफुड खानबाट छुटाउनको लागि अविभावक र शिक्षकको निकै ठूलो भूमिका हुन्छ । बालबालिकालाई यस्तो खाना खानु हुन्न, जङ्कफुडले पु¥याउने बेफाइदाबारेमा जानकारी गराइ रहनुपर्छ । विद्यालयमा जङ्कफुड ल्याउन नपाउने, विद्यालय वरिपरी जङ्कफुड राख्न नपाइने भनेर शिक्षा विभागले अलि समय पहिला सूचनानै निकालेको थियो । तर त्यो लागू भएको खासै पाइँदैन । कतिपय विद्यालयले अहिले बालबालिकालाई जङ्कफुड खान नहुने, विद्यालयमा ल्याउने नहुने कुरालाई लागू गरेको पाइन्छ । जसले गर्दा कतिपय बालबालिका आफैले चकलेट, बिस्कूट जङ्कफुड हो खानु हुन्न भन्दै पनि आइरहेका छन् । अविभावकले पनि विस्तारै बालबालिकालाई जङ्कफुडको असरको बारेमा जानकारी गराउँदै जाने र खानेकुरामा पनि घरमानै पाइने परिकारहरु खुवाउने हो भने जङ्कफुड कम गर्न सकिन्छ ।

आमा, बाबुले बालबालिकालाई झर्केर कराएर भन्दा पनि राम्रोसँग सम्झाउनुपर्छ । जङ्कफुडको असरको बारेमा बताउनुपर्छ । अविभावकले अल्छी नगरी बालबालिका विद्यालय जानुभन्दा पहिला नै उठेर  घरमा खाजा तयारी गरेर पठाउने बानी बसाल्दा राम्रो हुन्छ । रोटी, आलु, विभिन्न सागसब्जी राखेर भुटेकै भात बनाएर पठाउने हो भने यस्तो खाना कुराले बालबालिकाको स्वास्थ्यलाई फाइदा गर्छ ।

बालबालिकाले विद्यालयमा कस्तो खाज ल्याउँछन् भन्ने बारेमा थानकोटको एक विद्यालयमा गएको थिएँ । त्यहाँ ३ सय बालबालिका थिए जसमध्ये ३ देखि ४ जनाको टिफिनमा मात्रै तरकारी र रोटी थियो भने अधिकांशको टिफिनमा दालमोट र भुजिया थियो । यो एक उदाहरण हो । त्यसैले जङ्कफुड प्रयोग सकेसम्म प्रयोग नै नगर्ने, गरे पनि अति नै कम गर्नुपर्छ ।

फोटो : सुवास श्रेष्ठ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...