शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमारको निर्णायक गोल

आइतबार, २९ भदौ २०७६, ०८ : २०
आइतबार, २९ भदौ २०७६

सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे । 

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले उत्कृष्ट बाईसाइक्लिङ गोल गरेका थिए । पीएसजी छाड्ने चर्चा चलेका नेयमारले लिगका अघिल्ला खेलमा खेलेका थिएनन् । यद्यपी उनको पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन । 

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले पाँच खेलबाट १२ अंक बनाएको छ । स्टार्सबर्गले पाँच खेलबाट तीन अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रेनेसको १० अंक छ । शनिबार रातिनै भएको अर्को खेलमा रेनेस ब्रेस्टसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप