बार्सिलोनाको सानदार जित
लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलले हरायो । बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अन्शु फाती, डी जोङ र जेरार्ड पीकेले एक एक गोल गरे । भ्यालेन्सियाका लागि केभिन गामिरो र म्याक्सी गोमेजले एक एक गोल गरे ।
पहिलो रोजाईमा परेको बार्सिलोनाका १६ बर्षीय फातीले दोस्रो मिनेटमै खाता खोलेका थिए । सातौ मिनेटमा गोल गर्दै डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । पाहुना टोलीका गेमिरोले २७आंै मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । ५१आंै मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ६१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याए ।
८२औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोमेजले गोल गर्दै भ्यालेन्सियाको हारको अन्तर घटाएका थिए । जितसँगै चार खेलबाट सात अंक बनाएको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । चार अंक बनाएको भ्यालेन्सिया १४औं स्थानमा छ ।
ला लिगाकै अन्य खेलमा शीर्ष टोली एट्लेटिको म्याड्रि«ड रियल सोसियडाडसँग २–० गोलले पराजित भएको छ । सोसियडाडको जितमा मार्टिन ओडेगार्डले ५८औं र नाचो मोनारेलले ६१औं मिनेटमा गोल गरे । हारेपनि शीर्ष स्थानमा रहेको एट्लेटिकोको नौ अंक छ । सोसियडाड सात अंक सहित छैटौं स्थानमा छ । अर्को खेलमा भिल्लारियलले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ