शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री योगेश भट्टराईमाथि पारसको नाम लिँदै यात्रु खनिएपछि...

शनिबार, २८ भदौ २०७६, २३ : १३
शनिबार, २८ भदौ २०७६

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगञ्ज एयरपोर्टमा मन्त्री भट्टराई केहीबेर ढिला आइपुग्दा यात्रुले उनीमाथि आक्रोश पोखेका थिए । सो घटना भएको केही घण्टापछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत क्षमा मागेका हुन् ।

मन्त्री भट्टराईले सम्पूर्ण यात्रु र विमानका कर्मचारीहरुले देखाएको समझ्दारीप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । मन्त्री भट्टराईले आफुमाथि प्रस्तुत हुने केही व्यक्तिले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै गाली गरेको सुनेको र उनीहरुको नियत प्रस्ट भएको समेत बताएका छन् ।
यस्तो छ मन्त्री भट्टराईको स्टाटस्ः

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।

भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

यस्तो छ एक यात्रुले लेखेको स्टाटस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप