बुद्ध एयरको १३ औं जहाज काठमाडौं आइपुग्यो
शनिबार, २८ भदौ २०७६, २० : ४४
काठमाडौं- बुद्ध एयरलाईन्सले आज थप एक ATR-72 जहाज भित्र्याएको छ । चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४0 मिनेटमा अवतरण गर्यो । यससँगै बुध्द एयरको जहाज संख्या १३ पुगेको छ भने ATR-72 जहाजको संख्या ८ पुगेको छ । बुद्ध एयरसँग अर्को ३ वटा ATR-42 र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ । बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको छ ।
नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ । आउँदा दिनहरुमा थुप्रै चाँडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ । थपिएको जहाजले नियमित मर्मत सम्भारमा सघाउ पुग्ने र उडानहरु नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य