बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हरिलाई टिभीएस खुला दौडको उपाधि

शनिबार, २८ भदौ २०७६, १७ : ३२
शनिबार, २८ भदौ २०७६

काठमाडौँ । आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए ।

दोस्रो स्थानमा रहेका दीपक अधिकारी १.४ सेकेन्डले मात्रपछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए ।

तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेन्डमा दुरी पार गरेका थिए ।

स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैँ दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ वर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागिता भएका थिए ।

युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको आठ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डब, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो ।

विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल, ओलम्पियन म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्राधाविका मिरा राई, आयोजक जगदम्बा मोटर प्रालिका बजार प्रमुख नवराज कोइरालालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

उपाधि विजेता रिमालले ५० हजार,उपबिजेता अधिकारीले २५ हजार र तेस्रो स्थान हात पार्ने राईले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । जगदम्बा मोटर प्रालिको ५औँ वर्ष गाठका अवसरमा दौड नेपालको सातै क्षेत्रमा आयोजना गरिने बजार प्रमुख नवराज कोइरालाले जानकारी गराइएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप