शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ड्रिमगर्ल’ बनाउँदै ऋषिराज

सोमबार, ३० साउन २०७४, १७ : २९
सोमबार, ३० साउन २०७४

काठमाडौं – ऋषिराज आचार्यको निर्देशनमा चलचित्र ‘ड्रिमगर्ल’ बन्ने भएको छ । आरवी मुभिजको प्रस्तुती र साउथ इन्डियन ब्यानर रिल एन्ड रियल सिनेमाको निर्माण सहकार्यमा चलचित्र बन्न लागेको हो । 


‘फूल टिपेर छाड्यौ’ बोलको गीत रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ, भने अर्जुन र दुर्गा खरेलले स्वर दिएका छन् । 


गीतमा निर्देशक आचार्यकै शब्द छ । नेपाल र दुबईमा छायांकन हुने चलचित्रको कलाकार छनौट भइरहेको निर्देशक आचार्यले बताए ।


चलचित्र दशै पछि मात्र छायाँकनमा जानेछ । केही नयाँ र केही पुराना कलाकार चलचित्रमा रहने निर्देशक आचार्यको भनाई रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप