शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी महिलादेखि साउदी अरबको कट्टरपन्थी समाज थर्कमान !

शनिबार, २८ भदौ २०७६, १५ : २१
शनिबार, २८ भदौ २०७६

एजेन्सी । रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । 

ती महिलाले लगाएको कपडाको कारण साउदी समाज नै तरङ्गित भएको छ । अझ उनी इस्लामी पहिचान बनेको पोशाक ‘अबाया’ नलगाइकन हिँडिरहेकी हुन्छिन् ।

ती महिलाको नाम हो, मसेल अल जालोद हो । मसेलको पोशाक देखेर साउदीका पुरुष मात्र होइन, युवतीहरु पनि स्तब्ध पर्ने गरेका छन् ।

मानव संशोधन विशेषज्ञ हुन् मसेल

३३ वर्षीय मसेल मानव संशोधन विशेषज्ञ हुन् र उनी कट्टरपन्थी पहिरनकी ठूलो विरोधी हुन् ।

उनको कट्टरपन्थी पहिरनको विरोधको कारणले एकातर्फ मसेलबाट कट्टरपन्थी चिढिएका छन् भने अर्कोतर्फ उनी साउदी महिलाकी नयाँ पहिचान बनेकी छिन् ।

जुन समय उनी मलबाट बाहिर निस्किन्छिन् सबैको ध्यान उनीतर्फ हुन्छ । एक जना महिलाले त उनलाई रोकेर कतै उनी मोडल त होइन भनेर समेत सोधिन् ।

महिलाको प्रश्नको जवाफमा मसेलको जवाफ थियो, ‘होइन म एक साधारण साउदी महिला हुँ म आफ्नो इच्छाले बाँच्न चाहन्छु ।’

अबाया परित्याग

मसेलले केही महिनाअघि अबायालाई सधैंका लागि परित्याग गरेकी थिइन् । साउदी महिलालाई नयाँ परिचय दिने यस अभियानमा उनी एक्ली भने होइनन् ।

त्यसमध्ये चर्चित अर्की मनहेल अल ओटेवी एक हुन् । उनी विगत चार महिनादेखि साउदी सडकमा ‘अबाया’ नलगाई हिँडिरहेकी छिन् । उनी धेरै रोकतोक नभएको स्वतन्त्र जीवन बाँच्न चाहन्छिन् । अरुको बलजफ्तीमा परेर कुनै पहिरन लगाउन हुँदैन भन्ने उनको विचार छ ।  

कडा कानून

अबाया सयौं वर्षदेखिको साउदी मुस्लिम महिलाहरुको पहिचान रहँदै आएको छ । साउदी अरबका मुसलमान महिलाहरुलाई सार्वजनिक स्थानमा यसलाई लगाउनु आवश्यक हुन्छ ।

अबायाको पहिरनलाई लिएर कडा कानूननै छ । मसेलका अनुसार यही नियमका कारण उनलाई जुलाईमा एउटा सपिङ मलमा पस्न बन्देज लगाइएको थियो ।

यस विषयलाई लिएर उनले एक भिडियो ट्वीट गरेकी थिइन् । उनले मलको गेटमा उभिएका गार्डलाई युवराजले महिलालाई सभ्य कपडा पहिरन स्वीकृति छ भनेको भिडियो पनि देखाईन् । सभ्य पहिरन अन्तर्गत अबाया लगाउन अनिवार्य भन्ने उनको विचार छ । 

जवाफमा शपिङ मलले ट्वीट गर्दै उनलाई प्रवेश दिन नसक्ने बतायो । यती मात्र होइन, साउदी राजपरिवारले समेत ट्वीट गर्दै मसेलको निन्दा गरेको थियो ।

मसेललाई यही कारणले पछि रियादको एक सुपर मार्केटले पनि प्रवेशमा रोकिदिएको थियो । यहाँ त उनलाई प्रहरीले पक्राउ गर्ने धम्की दिएको थियो ।

महिलाले सम्पूर्ण शरिर ढाक्ने पहिरन लगाउनुपर्ने देशमा मसेलको साहसहलाई देखेर धेरै मानिस स्तब्ध हुने गरेका छन् । 

महिलासम्बन्धमा अनेक सुधार अघि सारेका साउदी युवराजले एक अन्तरवार्ताको क्रममा साउदी महिलाको लागि हाल कायम कठोर ‘ड्रेस कोड’ पनि खुकुलो गर्ने संकेत गरेका थिए । त्यस अन्तर्गत अबायालाई अनिवार्य नगर्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप