बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोलसहित एक पक्राउ

शनिबार, २८ भदौ २०७६, १२ : ५२
शनिबार, २८ भदौ २०७६

जनकपुर । धनुषामा एकजनालाई सशस्त्र प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको एक टोलीले जनकपुरस्थित सोहनामा चेकजाँच गर्दा धनुषाको धनौजी गाउपालिका – २ बस्ने ३२ वर्षीय मनिष मिश्रको साथबाट १ थान कटुवा पेस्तोल, ७.६२ एमएमको २ राउण्ड गोली र एक थान साइकलसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरिक्षक गणपति राजेश उप्रेतीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–२५ स्थित सोहनामा सशस्त्र प्रहरीको गणबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा रहेको ४ जनाको टोलीेले चेकजाँच गर्ने क्रममा अभियुक्त मिश्र हतियारसहित पक्राउ परेको उप्रेतीले बताए ।

पक्राउ परेका मिश्रलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप