एडल्ट फिल्म स्टारः २१ वर्षमा करियर सुरु गरेकी मिया खलिफा कसरी बनिन् रातारात स्टार
पूर्व पोर्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पोर्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् ।
एडल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथे । त्यसपछि मैले ग्र्याजुएसन गर्दै गर्दा तौल पनि घटाए । मलाई मेरो स्तन ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुनेगथ्र्यो । त्यसपछि विस्तारै तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।’
उनले अगाडि भनिन्, ‘ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो एडल्ट फिल्ड भएको पनि जानकारी दियो । उसले मलाई सुन्दर भएको भन्दै न्यूड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिन्डा गए । त्यहाँका सबै मानिसहरु एकदमै राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक फिल्म गरे ।’
उनले पोर्न क्षेत्रमा आफुलाई पीडित नठान्ने पनि जिकिर गरिन् । उनले यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको बताइन् ।
पहिलोपटक उनले हिजाब लगाएर पोर्न फिल्म बताएकी थिइन् । जुन निकै भाइरल भयो । उक्त भिडियोमा तीनजना व्यक्ति थिए । लगातार एडल्ट साइटमा भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पोर्न स्टार बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो