शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोनिया गान्धीले बोलाएको बैठक राहुल गान्धीले गरे बहिष्कार

शुक्रबार, २७ भदौ २०७६, २२ : २६
शुक्रबार, २७ भदौ २०७६

नयाँ दिल्ली-भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएका छन् ।

बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भएपनि उनी उपस्थित नहुनु भएको नेताहरूले जानकारी दिएका छन् । 

सन् २०१७ मा पार्टी अध्यक्ष बन्नुभएका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए ।

उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजिनामा फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएका थिए । 

पार्टी केन्द्रीय कार्यालयमा पार्टीका महासचिवहरू, प्रदेश अध्यक्षहरू, पार्टीका सांसदहरूलगायतको संयुक्त बैठकमा उनी अनुपस्थित भएका हुन् । 

नेता गान्धी अहिले कांग्रेस पार्टीको कुनै पदाधिकारी नभएपनि केन्द्रीय सदस्य र सांसद भने रहेकी छिन् । उनी हालै भएको आम निर्वाचनमा वायानादबाट लोकसभामा निर्वाचित भएकी हुन् ।

राहुल निकट श्रोतले एएनआईलाई दिएको जानकारी अनुसार उनले पार्टीको महत्वपूर्ण जिम्मेबारी आफुले त्याग गरिसकेकाले अत्यावश्यक बाहेक पार्टीको महत्वपुर्ण बैठकहरूमा नजाने अडान लिएका छन् ।  

यसअघि उनले संविधानको धारा ३७० लाई सरकारले खारेज गरेको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा सहभागीता जनाएका थिए । 

राहुलले राजिनामा फिर्ता नलिएपछि पार्टीको अन्तरिम अध्यक्षका रूपमा पूर्व अध्यक्ष सोनीया गान्धीले जिम्मेवारी लिएकी छिन् ।  

झण्डै १२ बर्षपछि काँग्रेसको केन्द्रीय कार्यालयमा अहिले राहुलको कुनै ‘नेमप्लेट’ छैन भने उनले केन्द्रीय सदस्यका रूपमा मात्रै आफूलाई प्रस्तुत गर्ने गरेका छन् । -एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप