शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दोमा पुजा र स्वस्तिकालाई स्वर्ण

शुक्रबार, २७ भदौ २०७६, २० : १९
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं – नेपालका पुजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला क्याडेटतर्पm नेपालकी पुजा र स्वस्तिका महर्जनले स्वर्ण जितेका हुन् । पुजाले ४६ केजीमुनिको फाइनलमा लेगदेन तामाङलाई पराजित गरिन् । 

सोही तौल समूहमा नेपालकै सिमरन मगर र हिमकला जिरेल कांस्य पदक जित्न सफल भए । स्वस्तिकाले ३७ केजीमुनिको फाइनलमा नेपालकै रोजलिन ओझालाई स्तब्ध बनाइन् । 

सोही तौलमा दिया रजाक र अंकिता रानामगरले कांस्य पदक जित्न सफल भए । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालित च्याम्पियनसिपमा फाइटतर्पm नै महिला क्याडेटमा नेपालकी रिना लामाले ४४ केजीमुनि स्वर्ण जित्दा फाइनलमा नेपालकै सुमिना खड्गीलाई हराइन् । उक्त तौलमा रुविना श्रेष्ठ र सुजिता तामाङले कांस्य पदक प्राप्त गरे ।

व्यक्तिगत पुम्सेतर्पm महिला यु–१७ उमेरसमूहमा मलेसियाकी एगनेस सी जिङ्गले स्वर्ण जितिन् । जिङ्गले फाइनलमा कोरियाकी गाजोङ सिनलाई स्तब्ध बनाइन् । यस उमेर समूहमा नेपालकी मोनिका मगरले कांस्य पदकमा चिक्त बुझाइन् । 
महिलाकै यु–१९ उमेरसमूहको पुम्सेमा नोपालकी सुविना श्रेष्ठले स्वर्ण जित्दा नेपालकै सुनिता विष्टलाई हराइन् । भारतकी रामेश्वरी रामचिर्य भने तेस्रो स्थानमा रहिन् । 

महिला यु–२९ पुम्सेमा नेपाली रुविना घलले स्वर्ण जित्दा भारतकी स्मृति थापालाई हराइन् । यस विधामा नेपालका सुस्मिता थापा र आशा वालमिकीले कांस्य जिते । यसै उमेर समूहको पुरुषतर्पm नेपालका मोहम्मद आलमले स्वर्ण जित्दा बंगलादेशका कमरुन इस्लामलाई हराए । यस विधामा भारतका सर्निक धारा र नेपालका विवेक राईले कांस्य जिते । पुरुष यु–१९ उमेर समूहको पुम्सेमा नेपालका प्रज्वव कर्मचार्यले स्वर्ण जित्दा आफ्नै देशका उरज थारुलाई हराए ।

यस उमेर समूहमा नेपालकै गोरय तामाङ र रोशन खड्गीले कांस्य पदकमा चिक्त बुझाए । पुरुषको यु–१५ उमेर समूहको पुम्सेमा मलेसियाका केभिन खाँले स्वर्ण जित्दा फाइनलमा नेपालका आयुस शर्मालाई हराए । 

यस विधामा नेपालका स्यामुल्स धिमाल र आयुस सुयलले कांस्य पदक जिते । यसै उमेर समूहको महिलातर्पm मलेसियाकै खेलाडी हाबी हुँदा सिरेल सी जिङ्गले स्वर्ण जितिन् । उनले फाइनलमा कोरियाकी हयोङ सिनलाई हराइन् ।

यस उमेर समूहमा नेपालकी रेजिना राई र सान्ची थामीले कांस्य पदक जितिन् । यु–१२ उमेर समूहको महिला र पुरुष दुवैतर्पm पनि मलेसियाका खेलाडीले स्वर्ण जिते । महिलातर्पm नुर इर्दिनाले स्वर्ण जित्न  नेपालकी रक्षा सुनुवारलाई हराइन् ।

पुरुषतर्पm भने अनुवात सरतले स्वर्ण जित्न कोरियाका जेमिन सिनलाई हराए । भदौ २९ गते सञ्चालन हुने च्याम्पियनसिपको प्रमुख अतिथि टाइगर्स ब्रुअरी प्रालिका अध्यक्ष तेजेन्द्र खड्काले उद्घाटन गरेका थिए । 

च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । 

टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा हुने च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका छन् । 

च्याम्पियनसिपको फाइटमा क्याडेट पुरुष तथा महिलातर्फ आठ तौल समूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप