केन्द्रीय संस्करण

नर्भिकमा डेङ्गूका विरामी बढे, छुटै वार्डको व्यवस्था

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0

काठमाडौं– मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढेका छन् । डेङ्गू रोगका विरामीहरु बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । 

हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता विरामीहरुका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो । 

सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।

सहुलियतपूर्ण दर÷रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा  चिकित्सकहरु तथा  नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।

डेङ्गू ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत अस्पतालले गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...