शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साल्ट ट्रेडिङ्गले मनायो आफ्नो ५७ औँ वार्षिक उत्सव, जनसेवामा अझ आक्रामक हुने

शुक्रबार, २७ भदौ २०७६, १६ : २२
शुक्रबार, २७ भदौ २०७६

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आफ्नो स्थापनाकालको ५७औँ वार्षिक उत्सव मनाएको छ । कर्पोरेशनले ५६ वर्ष पुरा गरी ५७औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आथित्यमा आयोजित ५७ औँ वार्षिक उत्सव कार्यक्रममा साल्ट ट्रेडिङ्गले अहिले सम्म जनसेवामा पु¥याउँदै आएको सेवा सुविधा र योगदानका बारेमा जानकारी गराएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थाले नुनदेखि कृषकका लागि अनुदानमा रासायनीक मल विक्री–वितरणमा उल्लेखनीय योगदान पु¥याएको बताएकी छिन् ।

‘इतिहासको यति लामो समयमा निरन्तर रुपमा कर्पोरेशनले आफ्नो उद्देश्य एवम् प्रतिबद्धता अनुसार आमजनतालाई सुपथ एवम् सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुका साथै उपयोगी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।’

उनले भनिन्, ‘नेपाल सरकारले निर्धारण गरेको नीति नियमभित्र रहेर कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ र परिवर्तित राजनीतिक परिवेशमा सबै प्रदेशलाई लक्षित गरी आफ्नो कार्यक्षेत्र र सेवा विस्तार गर्दै समृद्ध नेपाल सुखी नेपालीको अवधारणलाई सघाउ पु¥याउने नीति लिएको छ ।’

कार्यक्रममा बोल्दै उनले सन् १९८५/८६ को सर्वे अनुसार नेपालमा ४४.२ प्रतिशत गलगांड रोगी रहेकोमा साल्ट ट्रेडिङ्गकै एकल पहलमा आयोडिन युक्त नुन उपलब्ध गराउँदै सन् २००७ सम्ममा गलगाँडलाई शुन्य (०.४) प्रतिशतमा झार्न सफल भएको बताएकी छिन् । जुन नेपाल भारत सरकाको सहयोगमा नेशनल सर्वे एण्ड इम्प्याक्ट स्टडी फर आयोडिन डिफिसेन्सी डिस्अडर(आईडीडी) र एभिलिटी अफ आयोडिन साल्ट इन नेपालको सर्वेक्षण रिर्पोटमा उल्लेख गरिएको छ ।

यसै अवसरमा कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकारबाट जनतालाई प्रदान गरिने सेवालाई आम उपभोक्ताको पहुँचमा पु¥याउन कर्पोरेशन सदैव सक्रिय रहने र भविष्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्ति गरेकी छिन् ।

कार्यक्रमलाई संबोधन गर्ने क्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले भने अधिकांश समय सञ्चारमाध्यमप्रति रोष प्रकट गर्न व्यस्थ रहे । सोही अवसरमा उनले उद्योग क्षेत्रमा उल्लेखनीय काम भइरहेपनि मिडिया सधै सरकार र मन्त्रालयको विपक्षमा उभिने गरेको आरोप लगाए । उनले बिना प्रमाणको समाचार छापेर मिडियाले भ्रम छर्ने काम गरेका आरोप लगाएका छन् ।

‘उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको मातहतमा साल्ट ट्रेडिङ्गले नेपालमा नुन आयात गर्ने र विक्री वितरण गर्ने एकाधिकार पाएको छ । तर बजारमा सरकारले साल्टबाट खोसेर निजी क्षेत्रलाई नुनको कारोबार गर्ने ठेक्का दिँदै छ भन्ने हल्ला चलाइएको छ । मिडिया वा पत्रकारहरु चाहिँ साल्टको पक्षमा र सरकार चाहिँ विपक्षमा ?,’ यादवले भने, ‘यस्तो विनाप्रमाणका समाचारहरु नछाप्नुहोस् । मिडियाकै कारण समाजमा हाम्रै छोरीचेली मर्न बाध्य पारिएका उदाहरण छन् ।’

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव तथा कार्यक्रमका विशेष अतिथि बैकुण्ठ अर्यालले साल्ट ट्रेडिङ्गले सात वटै प्रदेश र ७ सय ५३ वटै स्थानिय तहमा आफ्नो सेवा विस्तार गरेको र उत्कृष्ट सेवा सुविधा आम उपभोक्तमा पु¥याएको बताएका छन् ।

उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगतका तीन संस्थानहरु साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल आयल निगम र नेशन ट्रेडिङ्ग रहेका छन् । यी संस्थानहरुले नेपाल सरकारको मातहतमा रहेर काम गरिरहेका छन्,’ उनले भने, ‘यसैको एउटा संस्थान साल्ट ट्रेडिङ हो । नेपाल सरकारको नीति निर्देशनमा नुन देखि अनुदानको रासायनीक मल समेत उपभोक्तामाथ उपलब्ध गराउँदै आएको छ । सुगममा मात्र नभएर दुर्गममा पनि यी संस्थानले सेवा तथा सुविधा पु¥याइरहेका छन् ।’

उपभोक्त हित संरक्षण संघका प्रेमलाल महर्जनले उपभोक्ताको प्रत्यक्ष दैनिकीसँग र स्वास्थ्यसँग जोडिएको नुनको कारोबार साल्ट टेडिङ्गबाट निजि क्षेत्रमा कुनै हालतमा पनि लैजान नहुने बताए । यदी त्यसो गरे जुन दिन नुन निजी क्षेत्रमा जान्छ त्यस दिनदेखि उपभोक्तको जीवन(स्वास्थ्य) धरापमा पर्ने ठोकुवा गरे ।

कार्यक्रममा नेपाल सरकारका मन्त्रालय सचिव, सहसचिव, कर्पोरेशनका संचालक, वाणिज्य आपस्र्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक, पूर्व सञ्चालक समितिका पदाधिकारी लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप