शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोल केसीसँग डेट जान चाहन्छु – सङ्गम

शुक्रबार, २७ भदौ २०७६, १६ : ०५
शुक्रबार, २७ भदौ २०७६

टेलिभिजन भीजेबाट अभिनयमा भित्रिएका थुप्रै कलाकार छन् नेपाली कलाक्षेत्रमा । तीमध्येकी एक हुन् सङ्गम शर्मा । शर्मा प्राइम, गोपीकृष्ण टेलिभिजन हुँदै अभिनयमा भित्रिएकी हुन् । सानैदेखि हिरोइन बन्ने सपना मनभरी सजाएकी उनले त्यसको सुरुवात मोडलिङबाट गरिन् ।

‘कहाँ गयो भँगेरी चरी’ बोलको गीतको म्युजिक भिडियो उनको मोडलिङको पहिलो पाइला हो । त्यसपछि लगातार आधा दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनय गरेकी उनको पछिल्लो भिडियो ‘जरुरी छ’ हो ।

अर्घाखाँचीकी स्थायी बाँसिन्दा उनी हाल काठमाडौँ बानेश्वर भीमसेनगोला बस्दै आएकी उनलाई फिल्मका पनि अफर आइरहेका छन् । दमदार इन्ट्री गर्ने सोचले करिब आधादर्जनभन्दा बढी फिल्म आफूले रिजेक्ट गरेको उनले सुनाइन् । यी नै मोडल सङ्गमलाई रातोपाटीको दस प्रश्न ।

अभिनय किन रोज्नुभयो ?

–मेरो सानैदेखि हिरोइन बन्ने सपना थियो । आफन्त चिनजानका सबैले राम्री छौ, हाइट पनि छ । हिरोइन बन भनेर सुझाव दिइरहनु हुन्थ्यो । त्यसैले अभिनय रोजेकी हुँ ।

के हो अभिनय ?

– अभिनय एक प्रकारको कला हो । यसलाई भावव्यक्त गर्ने सबैभन्दा उत्कृष्ट माध्यमभन्दा पनि हुन्छ ।

फेसन कतिको फलो गर्नु हुन्छ ?

– फेसनमा म सौखिन छु । एकदमै धेरै फेसन गर्ने महिलामा म पनि पर्छु होला । बाटोमा हिँडिरहेको समय पनि कुनै नयाँ फेसन देखे र मन पर्यो भने किन्छु । एक पटक लगाएको पहिरन म लगाउँदिन । म जे लगाए पनि राम्री देखिन्छु भनेर अरूले भन्ने गरेका छन् । आफूलाई सारीमा राम्री देखिन्छु जस्तो लाग्छ ।

फिटनेस गर्नु हुन्छ ?

– म हरेक दिन नियमित जिम जाने गरेकी छु ।

कस्तो खालकी केटी ?

– म एकदमै सहयोगी छु । अरूलाई सहयोग गर्न निकै मनपर्छ । सजिलै जोसँग पनि घुलमिल हुनसक्छु ।

सपना ?

सफल तथा चर्चित हिरोइन र ठूलो व्यवसायी बन्ने सपना छ ।

ड्रिम ब्वाइ भेट्नुभयो ?

– भेटेकी पनि छैन । अहिले खोजीमा पनि होइन । अहिले मेरो करियर बनाउने बेला हो । त्यसैले म करियरमै फोकस छु । कसरी प्रगति गर्ने, के गरेर अगाडि बढ्ने यसमा नै मेरो पूरै ध्यान छ ।

प्रेमका अफर ?

–आउँछन् धेरै तर त्यस्ता कुराको पछि लाग्दिनँ । मलाई पहिलो प्रेम प्रस्ताव कक्षा ६ मा पढ्दा स्कुलको एक जनाले गरेका थिए ।

मनपर्ने केटा ?

– हरेक दुःख, सुखमा साथ दिने । म मोडल हुँ । मेरो हाइट धेरै छ । त्यसैले हाइट भएको, बडी बिल्डर पनि खत्रा भएको केटा मनपर्छ ।

डेटको अफर दियो भने ?

– अभिनेता अनमोल केसीसँग जान चाहन्छु । किनभने अनमोल केसी मलाई धेरै मनपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप