शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा पहिरो : एकै परिवारका ६ जनाको शव फेला

शुक्रबार, २७ भदौ २०७६, १५ : ५२
शुक्रबार, २७ भदौ २०७६

बुटवल । रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार र शुक्रबार बिहान परेको अबिरल बर्षाका कारणले छेर्लाेबाङमा पहिरोले घर पुरिँदा तीन बालबालिकासहित ६ जनाको शव निकालिएको रोल्पाका प्रहरी नायब उपरिक्षक  चित्र बहादुर गुरुङले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ छेर्लोबाङकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा अशल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाजु जय बुढा, बुढाका श्रीमती र दुई छोरी रहेका छन् । बुढाकी ३६ वर्षीया श्रीमती मुल ज्योती, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको गुरुङले जानकारी दिए ।

मृत्यु हुनेहरुको सबैको शव निकालिएको छ । 

घरमाथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको हो । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारका लागि जान कठिन मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप