शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक उत्तरदायित्वका लागि ‘टीभीएस दसैँको दौड’

शुक्रबार, २७ भदौ २०७६, १४ : ५८
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ । दुई पाङ्ग्रे सवारी साधनका लागि टीभीएस लोकप्रिय मानिन्छ । भारतीय ब्रान्ड टीभीएसले विगत २० वर्षदेखि नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल तथा  स्कुटर उपलब्ध गराउँदै आएको छ । नेपालीका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बजारमा टीभीएस मोटरसाइकल तथा स्कुटर कारोबार गरिरहेको छ ।

दुई पाङ्ग्रे सवारी साधनको मात्र कारोबार गरिरहेको कम्पनीले पछिल्लो सयम टीभीएसका तीन पाङ्ग्रे सवारी साधन अटोको समेत कारोबार थालेको छ । जुन तराई भेगमा आक्रमक व्यापार गरिरहेको छ ।

नेपाली बजारमा टीभीएस ब्रान्डको कारोबार गरिरहेको जगदम्बा मोटर्सले अबको केही दिनपछि आफ्नो व्यवसायको चार वर्ष पूरा गरेर पाँचौँ वर्षमा प्रवेश गर्दै छ । यसै सुखद अवसरमा र नेपालीहरूको महान चाड वडादसैँ तिहारलाई लक्षित गर्दै कम्पनीले ‘टीभीएस दसैँ दौड’ मिनी म्याराथुनको आयोजना गर्दै छ । यसै सन्दर्भमा हामीले टीभीएको दसैँ दौड र व्यावसायिक रणनीतिका बारेमा कम्पनीसँग कुराकानी गरेका छौँ । यस्तो छ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको सङ्क्षिप्त कुराकानी ।

‘टीभीएस दसैँ दौड’ मिनी म्याराथुन कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ । यो कस्तो खालको कार्यक्रम हो ?

टीभीएसले यही भाद्र २८ गते अर्थात् आउँदो शनिबार बृहत् टीभीएसको दसैँ दौड मिनी म्याराथुन आयोजना गर्दै छ । उक्त दौड सामाजिक उत्तरदायित्व बोधका बीच कम्पनीले आयोजना गर्न लागेको हो । यसलाई सामाजिक सचेतनाको कार्यक्रम भनेर बुझ्दा पनि हुन्छ ।

हाम्रो खानपानदेखि विश्राम र शारीरिक व्यायामसम्म हाम्रो उत्कृष्ट जीवन शैलीभित्र पर्छ । हाम्रो जीवनमा यसैको सही व्यवस्थित नहुँदा र नगरिँदा हामीमा शारीरिक समस्या र रोगव्याधीले सताउने गर्छ । त्यसैले खानपानसँगै उचित व्यायाम पनि हाम्रो जीवनका लागि अपरिहार्य छ है भन्ने सन्देश दिनका लागि पनि हामीले दौडको आयोजना गरेका हौँ । यसले समाजमा सकारात्मक सन्देश दिन्छ भन्ने हाम्रो विश्वास हो ।

आउँदै गरेको नेपालीहरूको महान चाड वडा दसैँ तथा तिहारलाई नै लक्षित गर्दै हामीले यो कार्यक्रम ल्याएका छौँ । विशेषतः यो कार्यक्रम जगदम्बाको ५औँ वार्षिकोत्सवका अवसरलाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको हो ।

दसैँ दौड विशुद्ध सामाजिक सन्देशमूलक कार्यक्रम हो वा कम्पनीको व्यावसायिक प्रचारबाजी ?

विल्कुल यो विशुद्ध सामाजिक सन्देशमूलक कार्यक्रम नै हो । हामीले व्यावसायिक कार्यक्रमहरू अघि बढाइरहँदा सामाजिक पाटोलाई पनि त स्थान दिउँ न त भन्ने सङ्कल्पले यो कार्यक्रम बनेको हो । यसै कार्यक्रम अनुरूप कम्पनीले दौड कार्यक्रम आयोजना गरेको छ । कम्पनीको वार्षिकोत्सव र दसैँ तिहारलाई नै लक्षित गरेर यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

हामी व्यवसायी भएकाले हाम्रा कार्यक्रममा केही व्यावसायिक भाव वा अपेक्षा आउनु स्वाभाविक हो । यसमा केही व्यावसायिक पाटा पनि जोडिएका छन् । तर वास्तविक फाइदा उपभोक्ताहरूलाई नै छ । किनकि हामीले टीभीएस दौडका माध्यमद्वारा ग्राहकहरूलाई विशेष छुट र लक्की ड्रमार्फत क्यास ब्याकका योजना प्रदान गर्दैछौँ । अर्को कुरा यो एक सामाजिक दौड भएकाले यसमा जोकोहीले पनि सहभागी हुन पाउने छन् । त्यो पनि निःशुल्क ।

दौड प्रतिस्पर्धात्मक रूपमा हुन्छ कि सामान्य सहभागितामूलक ? पुरस्कारको व्यवस्था के छ ?

सामाजिक, व्यावसायिक वा सन्देशमूलक जे जसरी बुझे पनि दौड कार्यक्रम प्रतिस्पर्धात्मक नै हुने छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ । दौडमा पहिलो हुनेले नगद ५० हजार र आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ पाउने छन् भने सान्त्वना पुरस्कारमा आकर्षक गिफ्ट ह्याम्पर रहने छ ।

तीबाहेकका सहभागीहरूका लागि पनि विशेष उपहारको व्यवस्था गरेका छौँ । पहिलो कुरा त टीभीएस दसैँ दौडमा सहभागिता जनाउने प्रत्येक सहभागीले टीभीएस मोटरसाइकल स्कुटरको खरिदमा रु एक हजारको क्यास डिस्काउन्ट तत्काल पाउनेछन् । तीबाहेकका अन्य उपहार योजनाहरू त छँदै छन् ।

दौडको क्राइटेरिया के छ ? ककसले सहभागिता जनाउन पाउने हुन् नि ?

यो रमाइलो चाडवाडको चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरू समक्ष ल्याएको अतिरिक्त कार्यक्रम हो । टीभीएस दसैँको दौडप्रति उपभोक्ताहरूले जुन उत्साहजनक रुचि दर्साउनुभएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौँ । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ दौड आयोजना गर्न लागेका हौँ । हामीलाई विश्वास छ, आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरूले यो दौडमा सहभागिता जनाउनु भई बडादसैँको स्वागतमा रमाउनुहुनेछ ।

हामीले यस दौडमा रुट बनाएका छौँ । टीभीएस दौडको रुट नक्साल बालमन्दिरबाट सुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस सोरुम नक्साल पुगी समापन हुनेछ । यो दौडमा नेपालका ख्याती प्राप्त कलाकारहरू केकी अधिकारी, स्वस्तिमा खड्का, नायक निखिल उप्रेती, प्रदीप खड्का लगायतका कलाकारको सहभागिता रहने छ भने चर्चित राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का र ज्ञानेन्द्र मल्लको समेत सहभागिता रहने छ । दौडमा अन्तर्राष्ट्रिय मेडलिस्ट धावक मिरा राईको समेत सहभागिता रहने छ । यीबाहेक विशिष्ट व्यक्ति, व्यवसायी र टीभीएसका प्रयोगकर्ताहरूको समेत सहभागिता रहने छ ।

यस दौडमा जोकोही सहभागी हुन पाउने छन् । यसमा सहभागी हुनका लागि https://tvsnepal.com/dashain मा लगइन गरी रजिस्ट्रेसन गर्न सकिन्छ । त्यसैगरी टीभीएसका नक्साल, टेकु र कुमारीपाटीका सोरुमहरूमा पनि रजिस्ट्रेसन गर्न सकिन्छ । यीबाहेक शनिबार बिहान ६ बजेदेखि नक्साल बाल मन्दिरमा समेत अन द स्पट रजिस्ट्रेसन गर्न सकिने छ ।

अब प्रसङ्ग बदलौँ, अहिले टीभीएसको बजार अवस्था के छ ? कारोबार कतिको हुँदै छ ?

आजको दिनमा टीभीएसको कारोबार निकै राम्रो छ । पहिले हामी बजारमा स्थापित हुन निकै सङ्घर्ष र प्रयत्नहरू गर्नुपरेको थियो । तर अहिले बजारले टीभीएसलाई बुझिसकेको छ । उत्कृष्ट प्रोडक्ट भएकैले टीभीएसले आम उपभोक्ताहरू मन जितेको छ । त्यसैले टीभीएसप्रति प्रयोगकर्ताहरूको आकर्षण बढेको छ । ४, ५ वर्षमै यो हदसम्म बजार विस्तार गर्नसक्नु टीभीएसको सफलता नै हो । आज हामी बजारमा दुई पाङ्ग्रे सवारीको कारोबारमा टप फाइभभित्र पर्छौं । हाम्रो प्रतिष्ठामाथि उठेको छ । अबको केही समयमै टप वानमा आउने हाम्रो लक्ष्य छ ।

टीभीएसको बजार बढ्नुका पछाडि त्यस्तो खास कारण के छ ? सबैको रोजाइको पहिलो बन्ने आधार तपाईंहरूसँग के छ ?

राम्रो प्रश्न राख्नु भयो । मलाई यसबारे भन्नु पनि छ । टीभीएस उत्कृष्ट प्रोडक्ट भएकैले बजारमा सबैले मन पराएका छन् । माया गरेका छन् । हामीले जसरी मार्केटिङ राख्नुपर्ने थियो त्यो अहिले हाम्रो ब्रान्डले नै गरिरहेको छ । आज सबै टीभीएस प्रयोगकर्ताहरूले त्यसको जानकारी पाइसकेका छन् ।

हामीसँग अहिले एक सय १० सीसी इन्जिन क्षमतादेखि ३५० सीसी क्षमतासम्मका मोटरसाइकल तथा स्कुटर छन् । यी प्रोडक्टहरूको सबलता र उत्कृष्टताले नै कम्पनी सफलतामाथि उठाएको छ । हाम्रा प्रोडक्टहरू एकसे एक राम्रा छन् । त्यसैले प्रतिस्पर्धामा हामी अब्बल छौँ । सोही अनरूप उपभोक्ताहरूले पनि हामीलाई माया गरेका छन् । यही उपभोक्ताहरूको माया, सद्भाव र प्रायोगका हिसाबले अबका केही वर्षमै नेपाली बजारको टीभीएस नम्बर वान ब्रान्ड बन्ने हाम्रो विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप