शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोप फ्रान्सिसले जापान र थाइल्याण्डको भ्रमण गर्ने

शुक्रबार, २७ भदौ २०७६, १४ : ०२
शुक्रबार, २७ भदौ २०७६

भ्याटिकन सिटी– इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लाग्नुभएको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ ।  आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उनले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नेछन् ।

भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर २४–२६ मा भ्रमण गर्नेछन् ।  यसअघि पोप जोन पलले ४० वर्षअघि जापानको भ्रमण गरेका थिए । पोप फ्रान्सिसले गत जनवरीमा जापान भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । जापानमा करिब ४ लाख ५० हजार रोमन क्याथोलिक सम्प्रदायका इसाईहरुको बसोबास छ । 

जापानको सांस्कृतिक मामिलासम्बन्धी निकायले जापानमा करिब ५ लाख १० हजार प्रोटेस्टान्ट सम्प्रदायका इसाई छन् । जापानमा मुख्यरुपमा शिन्तो बुद्धिस्ट रहेका छन् । पाँच वर्षअघि भ्याटिकनको प्रमुख भएयता उनले दुई पटक एसियाली मुलुकको भ्रमण गरिसकेका छन् । उनले सन् २०१४ मा फिलिपिन्स र श्रीलंका तथा गत वर्ष म्यान्मार र बंगलादेशको भ्रमण गरेका थिए ।
–एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप