केन्द्रीय संस्करण

फ्राइडे रिलिज : ‘पासवर्ड’लाई भिलेन ‘हिरो नम्बर १’

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हन् । दुई फिल्म ‘पासवर्ड’ प्रचारप्रसार सहित प्रदर्शनमा आएको हो, भने ‘हिरो नम्बर १’ बिना प्रचार प्रदर्शनमा आएको हो । देशभर एकल प्रदर्शनमा आउन लागेको ठूलो बजेटको ‘पासवर्ड’लाई ‘हिरो नं १’ भिलेन साबित भएको छ ।

‘पासवर्ड’

भारतीय अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म हो ‘पासवर्ड’ । फिल्मको बिहीबार कुमारी चलचित्र भवनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी हुन सन्नी बिहिबार नै नेपाल आएकी थिइन् ।

प्रिमियरमा सन्नीले नेपाल संसारकै राम्रो देश भएकोले नेपाली फिल्मको हिस्सा बन्न पाउँदा निकै खुसी लागेको बताएकी थिइन् ।

‘पासवर्ड’ एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म हो । अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको फिल्ममा अभिनय रहेको छ ।

बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेत निर्माता रहेको फिलम सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

‘हिरो नं. १’

अभिनेता जयकिशन बस्नेतले निर्माण गरेको पछिल्लो फिल्म बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजीवजंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

कमेडी र एक्सन मिश्रित फिल्म बिना प्रचार प्रसार प्रदर्शनमा आएको हो ।

चलचित्रमा बिनोद सापकोटाको छायाँकन, तारावीर पाण्डे, हरि थापा र सूर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द्व एवम् सुदीप पाण्डेको सम्पादन रहेको छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...