शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि...

शुक्रबार, २७ भदौ २०७६, १० : ४०
शुक्रबार, २७ भदौ २०७६

भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो ।

गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन् । उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन् ।

उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन् । सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृत्यु भयो ।

ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारिदिएको बताइन्छ ।

मिराका श्रीमान् थाइल्याण्डमा बस्छन् । मिराको एक वर्षकी छोरी पनि छिन् । जतिबेला यो घटना भयो तब उनी आफ्नी काकीसँग अर्को कोठामा सुतिरहेको स्रोतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप