केन्द्रीय संस्करण
सम्झनामा सेप्टेम्बर ११

अमेरिकाको ३० खर्ब डलरको युद्ध : मात्र तेल कम्पनी र सुरक्षा दलाल विजेता बने

विश्वको इतिहास बदल्ने सेप्टेम्बर ११, महाशक्ति राष्ट्र १८ वर्षदेखि युद्धमै

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0

एजेन्सी । इस्लामिक उग्रवादी संगठन अल–कायदाले १८ वर्ष अघि सेप्टेम्बर ११ मा अमेरिकाका दुई महत्त्वपूर्ण स्थानमा आक्रमण गर्‍यो । ठूलो स्तरको क्षति पुर्‍याउनको लागि आक्रमणमा यात्रुवाहक विमाननै प्रयोग गरिएको थियो ।

पछि गरिएको अनुसन्धानबाट आक्रमणको योजना सन् १९९६ देखिनै बनिरहेको देखाएको छ । लामो समयसम्मको योजनापछि सन् २००१ सेप्टेम्बर ११ मा चार विमान अपहरण गरेर रणनीतिक रुपमा महत्त्वपूर्ण विश्व व्यापार केन्द्रका दुई टावर र रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काइएको थियो ।

अपहरणमा परेका चार मध्य एउटा विमान भने त्यसमा सवार यात्रुले अपहरणकारीको प्रतिरोध गर्ने क्रममा खाली मैदानमा दुरघटनाग्रस्त भएको थियो । उक्त विमान अमेरिकाको राजधानी वाशिन्टनतफ लगिदै थियो । 

आक्रमणको निशाना सोचविचार गरेर छनौट गरेको देखिन्छ । विश्वको एकल महाशक्ति राष्ट्र अमेरिकाको आर्थिक राजधानी न्युयोर्कमा रहेको व्यापारिक केन्द्र र उसको रक्षा मन्त्रालयमाथिको आक्रमणको प्रभाव दुरगामी रह्यो । यसै कारणले सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि क्यालेण्डरको उक्त दिन सोही घटनासँग गासिन पुगेको छ । 

सेप्टेम्बर ११ को आक्रमणका लागि अमेरिकाले अल–कायदाका प्रमुख ओसामा बीन लादेनलाई मुख्य दोषी ठहरायो । लादेन अमेरिकी कारबाहीमा मारिसकेका छन् । तथापि अमेरिकाले चलाएको जावफीलाई कारवाही अझै शान्तिपूर्ण निष्कर्षमा पुर्‍याउन सकिएको छैन । 

*****

विश्व व्यापार केन्द्र अमेरिका वित्तीय सबलताको प्रतिक थियो । त्यस भवनमा अमेरिकाको मात्र होइन विश्वभरीका व्यवसायीका कार्यालयहरु थिए । विश्वका ठूल ठूला कार्यलयको अन्तर्राष्ट्रिय कार्यालय सञ्चालन हुने भएकाले त्यस भवनमा मर्नेमा ९० देशका नागरिक परेका थिए ।

*****

अमेरिकी सरकारले सेप्टेम्बर ११ को घटनापछि चलाएको कारबाहीमा दुई एशियाली देश लगभग असफल राष्ट्रमा परिणत भए भने ती देशका लाखौँ मानिसको ज्यान गयो ।

महाशक्ति राष्ट्र कामेको दिन

सन् २०११ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको लागि दुई स्थानमा भएको थियो । तर धनजनको क्षतिको कारण धेरैको ध्यान न्युयोर्क सहरका ट्वीन टावरको क्षतिमा पर्यो ।

त्यस दिन लोअर म्यानहटनमा रहेको विश्व व्यापार केन्द्र कम्प्लेक्सका नर्थ र साउथ टावरमा दुई विमान ठोकाइएको थियो । विमान ठक्कर खाएको एक घण्टा ४२ मिनेटभित्र दुवै गगनचुम्बी भवन धरासायी भए ।

११० तल्लाको गगनचुम्मी भवन लड्दा त्यसले छेउका दश अन्य संरचनामा गम्भीर क्षति पुर्‍याएको थियो । जसमध्य एउटा ४७ तल्ले भवन पनि थियो ।

सेप्टेम्बर ११ को दिन मर्नेमध्य उल्लेख्य संख्या विश्व व्यापार केन्द्रमा मारिए । कुल मारिएका २९९६ मध्ये ट्वीन टावर धरासायी हुदाँ २६०६ मानिसको मृत्यु भएको थियो ।

विश्व व्यापार केन्द्र अमेरिका वित्तीय सबलताको प्रतिक थियो । त्यस भवनमा अमेरिकाको मात्र होइन विश्वभरीका व्यवसायीका कार्यालयहरु थिए । विश्वका ठूल ठूला कार्यलयको अन्तर्राष्ट्रिय कार्यालय सञ्चालन हुने भएकाले त्यस भवनमा मर्नेमा ९० देशका नागरिक परेका थिए ।

अपहरणमा परेका चार विमानमा कुल २६५ जना थिए जसमध्ये कोही पनि बाँच्न सफल भएनन् । त्यस्तै पेन्टागनमा अलग्गै १२५ को मृत्यु भयो । मारिनेमा विमान अपहरण गर्ने १९ अपहरणकारी पनि थिए ।

त्यस्तै घाइतेको संख्या मृतकको दोब्बर अर्थात ६ हजारबढी देखिएको थियो । आक्रमण लगतै अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गर्यो । उक्त संकटकाल अहिले १८ वर्षपछि पनि लागु छ । 

आक्रमणपछि भएको गुप्तचर सूचनाको विश्लेषणबाट आक्रमण बिन लादेनले गरेको देखियो । तर बिन लादेनले लामो समयसम्म आक्रमणमा आफ्नो संलग्नतालाई अस्वीकार गरिरहे ।

*****

सेप्टेम्बर ११ को आक्रमणपछि बदलापूर्ण हिंसामा मारिनेमा पहिलो व्यक्तिसमेत शिखनै परेका थिए । सेप्टेम्बर १५मा एक जना गोरा श्रेष्ठतावादीले मुसलमान ठानेर बलबिर सिंह सोधी नामका शिखलाई मारिदिएका थिए । मुसलमानका प्रथर्नास्थलहरु घृणाजन्य आक्रमणको तारो बने । कयैन स्थानमा त मस्जिदहरुमाथि सानो तिनो बम नै प्रहार भए ।   

*****

आक्रमणको चार दिनपछि अल–जजिराले लादेनको एउटा वक्तव्यनै जारी गरेको थियो जसमा भनिएको थियो, ‘यो कार्य मैले सञ्चालन गरेको होइन भनेर म जोड दिन चाहन्छु । यो कुनै व्यक्तिहरुले आफ्नै प्रेरणाले कार्यन्वयन गरेको देखिन्छ । ’

तर अमेरिका भने आक्रमणमा बिन लादेन र उनको संगठन अल–कायदा जिम्मेवार छ भन्ने निष्कर्षमा पुगिसकेको थियो । अमेरिकी गुप्तचर एजेन्सीकै सूचनाबाट बिन लादेन अफगानिस्तानमा रहेको भनियो ।

आक्रमणपछि आम अमेरिकी नागरिकमै आक्रमणमा संलग्न विरुद्ध बदलाको भावना उत्पन्न भएको थियो । आक्रमणमा अरबी मुसलमानको संलग्नता रहेको भन्ने सूचना बाहिरिनासाथ अमेरिकाभरी अरबी, मुसलमान र अरबीजस्ता देखिने दक्षिण एशियालीमाथि आक्रमण नै बढ्न थाल्यो ।

आक्रमण लगतै अमेरिकामा रहेका सबैजसो मुसलमान समुदायसँग जोडिएका संघसंस्थाले घटनालाई आतंकवादी आक्रमण भन्दै भत्र्सना गरेका थिए । तर त्यसले अरबी मुसलमानहरु विरुद्ध घृणाजन्य कृयाकलापलाई रोक्न सकेन । सर्वेक्षणहरु अनुसार सन् २०११ सेप्टेम्बर ११ पछि मुसलमानहरुविरुद्ध हुने घृणाजन्य गतिविधिमा १६०० प्रतिशतसम्मले वृद्धि भयो ।

शिखको पगडिबारे रहेको अज्ञानताका कारण अमेरिकामा बस्ने शिखमाथि पनि घृणाजन्य घटनामा ह्वात्तै वृद्धि भएको थियो । मानिसमा शिखहरु मुसलमान हुन् भन्ने भ्रम थियो ।

सेप्टेम्बर ११ को आक्रमणपछि बदलापूर्ण हिंसामा मारिनेमा पहिलो व्यक्तिसमेत शिखनै परेका थिए । सेप्टेम्बर १५मा एक जना गोरा श्रेष्ठतावादीले मुसलमान ठानेर बलबिर सिंह सोधी नामका शिखलाई मारिदिएका थिए । मुसलमानका प्रथर्नास्थलहरु घृणाजन्य आक्रमणको तारो बने । कयैन स्थानमा त मस्जिदहरुमाथि सानो तिनो बम नै प्रहार भए ।   

जनस्तरको आक्रोशमात्र होइन, सरकारीस्तरमै पनि आक्रमणपछि मुसलमानहरु आतकंवादी गतिविधिमा संलग्न भएको शङ्काकै भरमा पक्राउ पर्न थाले । कयैनलाई परिवारलाई समेत जानकारी नदिई लामो समयसम्म हिरासतमा राख्ने काम सामान्य जस्तै बनेको थियो ।

पक्राउ परेका मुसलमानहरुले हिरासतमा चरम यातना पाएका थिए भने कयैनले आतंकवादी गतिविधिमा संलग्न भएका प्रमाणबिनानै लामो जेल सजायसमेत पाए ।

अमेरिकामा सेप्टेम्बर ११ भन्दा अघि आन्तरिक सुरक्षा हेर्ने छुट्टै मन्त्रालय थिएन । आक्रमणपछि त्यसको आवश्यकता महसुस गरेर सन् २००२ मा गृह मामिला हेर्ने गरी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेकुरिटी’ स्थापना भयो ।

भविष्यमा उस्तै आतंकवादी आक्रमणको सम्भावनालाई निस्तेज पार्नको लागि गुप्चतर एजेन्सी एनएसएलाई असाधारण क्षेत्राधिकार दिइयो ।

त्यस अधिकार अन्तर्गत ‘अमेरिका र वाह्य देशका मानिसबीच हुने जुन सुकै टेलिफोन संवाद, इमेल सञ्चार सुन्न र हेर्न अधिकार उसलाई दिइएको थियो ।

तालिवान र अल–कायदाको सम्बन्ध

अफगानिस्तानमा सन् १९९६ सेप्टेम्बर २६ देखि तालिवानको शासन थियो । विगतमा अफगानिस्तिानमा रहेका सोभियत सेनाविरुद्ध लड्दा विभिन्न इस्लामिक धार्मिक संगठन (मुजाहिद्दिन) एउटै मोर्चामा थिए ।

तर सोभियत सैनिकले अफगानिस्तान छाडेपछि ती एक आपसमा लड्न थाले । त्यसमध्य बलियो तालिवानले अन्य मुजाहिद्दिन समूहलाई हराएर सन् १९९६ मा सत्ता नै कब्जा गरेको थियो ।

उग्रधार्मिक संगठन तालिवानको शासनमा अफगानिस्तान उग्रवादी इस्लामको लागि उर्बर भूमि बनेको थियो । विचार मिल्ने भएकाले तालिवानले अल–कायदालाई अफगानिस्तानमा शरण दिएको थियो ।

सोभियत अतिक्रमणविरुद्ध प्रतिरोध गर्नको लागि सन् १९७९ तिर साउदी अरबका धनाढ्य बिन लादेन आफैले अफगानिस्तान पुगेर अल–कायदाको गठन गरेका थिए ।

अफगानिस्तान बसाइको क्रममा बिन लादेन सोयिभत संघविरुद्ध मात्र होइन, सम्पूर्ण पश्चिमी सभ्यताप्रतिनै कठोर हुन पुगेका थिए । उनी पश्चिमी सभ्यता इस्लाम विरोधी रहेको र तिनले छद्म रुपमा इस्लामविरुद्ध धार्मिक युद्ध (क्रूसेड) सञ्चालन गरिरहेको निष्कर्षमा पुगेका थिए । 

सन् २००२ नोभेम्बरमा भेटिएको लादेनको ‘अमेरिकालाई चिठ्ठी’ भन्नेमा पत्रमा पनि लादेनको सोही विचारको संकेत पाइन्छ । त्यसमा लादेनले सेप्टेम्बर ११ को आक्रमण गर्नुको कारण लेखेका छन् । पत्रमा लादेनले अमेरिकाका कुन–कुन गल्तीवापत आफूले आक्रमण गरेको लेखेका छन् ः

–इजरायललाई अमेरिकाको सहयोग

–सोमालियामा ‘मुसलमानविरुद्धको आक्रमणमा’ अमेरिकी सहयोग

–मोरो द्वन्द्वमा फिलिपिन्सलाई ‘मुसलमानविरुद्धको आक्रणम’ गर्न अमेरिकी सहयोग

–लेबनानमा ‘मुसलमानविरुद्धको अतिक्रमणमा’ इजरायललाई अमेरिकी सहयोग

–चेचेन्यामा ‘मुसलमानहरुविरुद्धको नरसंहारमा’ रुसलाई अमेरिकी सहयोग

–कश्मीरमा ‘मुसलमानविरुद्धको दमनमा’ भारतलाई अमेरिकी सहयोग

–साउदी अरबमा अमेरिकी फौजको उपस्थिति

–इराकविरुद्ध अमेरिकी प्रतिबन्ध

यो पनि अमेरिकाको गुप्चतर निकायले पत्ता लगाएको दस्तावेजमा उल्लेख थियो । यो मितिसम्म पनि लादेनले सेप्टेम्बर ११ को आक्रमणका जिम्मेवारी लिइसकेका थिएनन् ।

बिन लादेनले सन् २००४ अक्टोबर २९ मा मात्र एउटा भिडियोमार्फत् अमेरिकामा भएको आक्रमणको जिम्मेवारी लिए । त्यो समयसम्म अमेरिकाले बिन लादेनको खोजीमा अफगानिस्तानमा ठूलो संख्यामा सेना उतारेको पनि वर्षौं भइसकेको थियो । 

*****

तत्कालिन उपराष्ट्रपति डिक चेनी बुस प्रशासनमा बुसभन्दा बढी सक्रिय, प्रभावशाली थिए । अमेरिकी कर्मचारीतन्त्रमा निक्कै प्रभावकारी उपराष्ट्रपति चेनीले आफ्ना च्यानल प्रयोग गरेर राजनीतिक दाउपेचमा कमजोर मानिने राष्ट्रपति बुसलाई समेत थाहा नदिएर इराकसँग युद्ध गर्नुपर्ने हिसाबले अघि बढेका थिए ।

*****

आक्रमणमा इराक जिम्मेबार ?

सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि विश्वका लगभग सबै राष्ट्रले आक्रमणको भत्सना गरेका थिए । तर सद्दाम हुसेनको इराकी सरकार भने यसमा अपवाद निस्कियो ।

त्यस समय अमेरिका र इराकबीच बैमनश्यतापूर्ण सम्बन्ध चलिरहेको थियो । त्यसले उसले एउटा वक्तव्य जारी गर्दै तित्ततापूर्ण टिप्पणी गर्यो, ‘अमेरिकीहरुले मानवताविरुद्ध गरेका जगन्य अपराधको फल भोगे ।’

यस टिप्पणीका कारण पनि आक्रमणपछाडि इराकको पो हात छ कि भन्ने पर्न गयो । त्यस समयको एक सर्वेक्षणले ७० प्रतिशत अमेरिकीमा सेप्टेम्बर ११ को आक्रमणमा कुनै न कुनै हिसाबमा सद्दाम हुसेनको हात रहेको विश्वास रहेको देखिएको थियो ।

पहिलेदेखि इराकप्रति कडा रुपमा प्रस्तुत हुनुपर्ने बताइरहेका तत्कालिन रक्षामन्त्री डोनाल्ड रम्सफेल्डले आफ्ना सहयोगीहरुलाई आक्रमणमा इराकको संलग्नताबारे शिघ्र अध्ययन गर्न अर्‍हाएका थिए ।

बुस प्रशासनका उपराष्ट्रपति डिक चेनी इराकबाट सद्दाम हुसेनलाई कुनै बाहनामा हटाउनुपर्ने तयारी गरिरहेका पछिल्ला अध्ययनले देखाएका छन् । तिनलाई सेप्टेम्बर ११ को नाममा ठूलो बाहना प्राप्त भएको थियो ।

यी दुई नेता अमेरिकाको रिपब्लिकन पार्टीभित्रको नव–कन्जरभेटिभ चिन्तक मानिन्छन् । यो नीतिका समर्थक अमेरिकाको स्वार्थसँग बाझिने विदेशी सरकारलाई अपदस्थ गर्नुपर्ने विश्वास राख्थे । 

तत्कालिन उपराष्ट्रपति डिक चेनी बुस प्रशासनमा बुसभन्दा बढी सक्रिय, प्रभावशाली थिए । अमेरिकी कर्मचारीतन्त्रमा निक्कै प्रभावकारी उपराष्ट्रपति चेनीले आफ्ना च्यानल प्रयोग गरेर राजनीतिक दाउपेचमा कमजोर मानिने राष्ट्रपति बुसलाई समेत थाहा नदिएर इराकसँग युद्ध गर्नुपर्ने हिसाबले अघि बढेका थिए ।

अन्तिम समयमा बुसले आफ्नो प्रशासनभित्रका नरमपन्थी र मध्यमार्गीको सहयोगले डिक चेनीको चाललाई रोके ।

सेप्टेम्बर १५ मा भएको एक बैठकमा बुस प्रशासनले सेप्टेम्बर ११ को आक्रमणमा इराकको संलग्नताको हल्लालाई खारेज गर्‍यो । योसँगै केही वर्षको लागि इराक युद्ध टर्यो । 

अफगानिस्तान अतिक्रमण

बुसले सेप्टेम्बर ११ को आक्रमणका एक मात्र दोषी बिन लादेन र उनको सगंठन अल–कायदालाई जिम्मेवार ठह¥याउँदै तालिवानलाई उसको देशमा लुकिरहेका लादेन सुम्पन माग गरे ।

तालिवानले पनि सेप्टेम्बर ११ को आक्रमणको भत्र्सना गरेको थियो । उसले अल–कायदाका नेतालाई आफूले संरक्षण नदिएको बताउँदै आफूहरु अमेरिकाको धम्कीसँग नडराउने बतायो ।

सन् २००१ अक्टोबर ७ मा अमेरिकाले ब्रिटिस फौजसँग मिलेर तालिवान र अल–कायदाका क्याम्पहरुमा हवाई बमबारी सुरु गर्‍यो । बमबारीको केहीपछि तालिवान सरकारलाई नै अपदस्थ गर्ने उद्देश्यका साथ अमेरिकाले स्थल फौजनै अफगानिस्तान उतार्यो । 

अमेरिकाले त्यस उद्देश्यमा शिघ्र सफलता हासिल ग¥यो । बम हमलाको ठ्याक्कै दुई महिनापछि अर्थात् डिसेम्बर ७ मा अफगानिस्तानमा तालिवान शासनको अन्त्य भयो ।

अमेरिकाले त्यसपछि अर्को महत्त्वपूर्ण सफलता सन् २०११ मा गएर हासिल ग¥यो । सन् २०११ मे २ मा अमेरिकाले अफगानिस्तानको सीमा नजिकै रहेको पाकिस्तानको एबोटावादमा लुकिरहेका बिन लादेनलाई मार्न सफल भयो ।

तर यी सफलताको बावजुद अफगानिस्तानमा १८ वर्ष अघि सुरु भएको आक्रमण अझै अन्त्य भएको छैन । अफगान युद्ध अमेरिकाको इतिहासको सबैभन्दा लामो युद्ध साबित भएको छ ।

भावी दिनमा युद्धमा स्पष्ट विजय हासिल नहुने अवस्थामा अमेरिकाको लागि अफगानिस्तान ‘दोस्रो भियतनाम’ हुने मार्गतर्फ अघि बढिरहेको छ ।

विगतमा तालिवान सत्ताच्युत भएपछि ती ग्रामिण पहाडि इलाकामा जम्मा भएर छापामार युद्ध सुरु गरे । त्यसले विकराल गृहयुद्धको रुपमा लिएको छ । १८ वर्ष लामो गृहयुद्धले लाखौँको मृत्यु र खर्बौँ डलर स्वाहा गरेपछि अमेरिकालाई तालिवानलाई हराउन नसकिने निर्यौलमा पुगेको जस्तो देखिएको छ । 

*****

अध्ययनमा सन् २०१५ सम्मको तथ्याङ्क समेटिएको छ । त्यसअनुसार अफगाननिस्तानमा युद्धका कारण सन् २०१५ सम्म  १,०६,००० देखि १,७०,००० बीचमा मानिस मारिएका थिए ।

सन् २०१४ मा राष्ट्रपति बनेका अशरफ घानीले आफैले पनि आफू शासनमा आए यता अफगानी सेनाका ४५ हजारको ज्यान गइसकेको बताएका छन् ।

युद्ध अझै जारी रहेकाले हताहतीको संख्या बढिरहेको छ । माथिका दुई तथ्याङ्कले सम्पूर्णतालाई नसमेटे पनि अमेरिकी आक्रमणको अफगानी समाजमा युद्धले पारेको भयावह असरलाई प्रस्तुत गर्छ ।

*****

त्यसैले अमेरिका अहिले आफ्ना फौज फिर्ता गर्ने बाटो पहिल्याउन तिर लागेको देखिन्छ । यसका लागि अमेरिकाले विगत सात महिनादेखि कतारको दोहामा तालिवानसँग कयैन चरणमा वार्ता ग¥यो ।

सेप्टेम्बर ११ को वार्षिकीको केही दिन अघि ट्रम्प र तालिवानी शीर्ष नेताबीच वार्ता गरेर शान्ति वार्तालाई टुङ्गोमा लगाउने कार्यतालिका थियो । तर तालिवानको एउटा आक्रमणमा अमेरिकी सेनाको मृत्युलाई देखाउँदै ट्रम्पले अन्तिम समयमा वार्ता रोके ।

तर कयैनले यसमा ट्रम्प प्रशासनभित्र रहेका ‘नव–कन्जरभेटिभ’ नीतिका राष्ट्रिय सुरक्षा सल्लाहकारको असहमतिले काम गरेको लख काटेका छन् ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपतिय चुनाव अघि परराष्ट्रसम्बन्धि गरेका प्रमुख वाचामा अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने बुँदा पनि थियो । अब एक वर्षपछि नै दोस्रो कार्यकालको लागि निर्वाचनमा जानुपर्ने भएकाले पनि ट्रम्पलाई अघिल्लो चुनावको वाचा पुरा गर्नुपर्ने दबाब हुनेछ । 

पछिल्लो समय बोल्टन ट्रम्प प्रशासनबाट बाहिरिएकाले ट्रम्पलाई केही सहज पनि हुनेछ ।

अफगानिस्तान युद्धमा अमेरिकाको खर्च कति ?

हालै अफगान राष्ट्रपति अशरफ घानीले अफगानिस्तान युद्धमा अमेरिकाले ५ खर्ब डलर खर्चिसकेको बताए । उनको उक्त भनाईको सत्यताबारे बीबीसीले सत्यतथ्य जाँच गरेर एउटा समाचार लेखेको छ ।

बीबीसीले सो विश्लेषणात्मक समाचारमा अमेरिकी रक्षा मन्त्रालयको एउटा तथ्याङ्क प्रस्तुत गरेको छ जसले अक्टोबर २००१ देखि सन् २०१९ मार्चसम्म आफूहरुले अफगानिस्तानमा ७.६ खर्ब अमेरिकी डलर सैन्य खर्च गरेको उल्लेख गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयको तथ्याङ्क घानीको दावीभन्दा बढी भएपछि वास्ताविक खर्च अझै निक्कै धेरै रहेको समाचारमा तथ्य दिएको छ ।

‘कस्ट अफ वार प्रोजेक्ट’का सह–निर्देशक नेटा क्रफोर्डका अनुसार अफगानिस्तानमा घाइते भएका सेनाको उपचारमा भएको खर्च, द्वन्द्वको लागि लिइएको ऋणमा लागेको व्याजजस्ता सबै पक्ष जोड्दा अमेरिकाले अफगानिस्तानमा ३० खर्ब अमेरिकी डलर खर्चिसकेको छ ।

यो त अमेरिकाको काँधमा परेको खर्च भयो । युद्धले अफगानिस्तानमा पुर्‍याएको भौतिक क्षतिको अहिलेसम्म कुनै हिसाब भएको छैन । 

******

इराकमा लहरको रुपमा द्वन्द्व देखियो । एक चरणको प्रतिरोधी लहर साम्य भएको अवस्थामा अमेरिका सन् २००९ मा इराकबाट औपचारिक रुपमा बाहिरियो ।

तर त्यसपछि उदाएका एक सुन्नी नेता अबु बकर अल बग्दादीको संगठन आईएसआईएस निक्कै बलियो बनेर निस्कियो । यो संगठनले इराकको छिमेकी सिरियामा पनि आफ्नो प्रभाव फैलाएको थियो ।

आईएसले शक्ति हासिल गर्दै गएपछि इराक युद्ध क्षेत्रीय द्वन्द्वको रुपमा रुपान्तरित भयो । आईएसले पश्चिमी भूमिमा पनि आत्मघाती आक्रमणलाई तीव्रता दिन थाल्ने र अरबी प्रायद्वीपको क्षेत्रीय सन्तुलननै बिगार्न थालेपछि अमेरिका सन् २०१४ मा पुनः इराक युद्धमा फर्किन बाध्य भयो ।

******

अमेरिकाको आक्रमणले अफगानिस्तानमा पु¥याएको क्षतिलाई मानवीय हताहतीमार्फत प्रस्तुत गर्ने गरिन्छ ।

अफगानी नागरिकको हताहतीबारे पनि त्यति धेरै सटिक तथ्याङ्क त हालसम्म उपलब्ध छैन । तर नोबेल शान्ति पुरस्कारप्राप्त संस्था ‘इन्टरनेशनल फिजिसियन फर प्रिभेन्सन अफ न्युक्लियर वार’समेतको संलग्ना भएको एक अध्ययनलाई बढी विश्वस्त मान्न सकिछ ।

त्यस अध्ययनमा सन् २०१५ सम्मको तथ्याङ्क समेटिएको छ । त्यसअनुसार अफगाननिस्तानमा युद्धका कारण सन् २०१५ सम्म  १,०६,००० देखि १,७०,००० बीचमा मानिस मारिएका थिए ।

सन् २०१४ मा राष्ट्रपति बनेका अशरफ घानीले आफैले पनि आफू शासनमा आए यता अफगानी सेनाका ४५ हजारको ज्यान गइसकेको बताएका छन् ।

युद्ध अझै जारी रहेकाले हताहतीको संख्या बढिरहेको छ । माथिका दुई तथ्याङ्कले सम्पूर्णतालाई नसमेटे पनि अमेरिकी आक्रमणको अफगानी समाजमा युद्धले पारेको भयावह असरलाई प्रस्तुत गर्छ ।

अफगानिस्तान युद्धमा हजारौँ अमेरिकी सेनाले ज्यान गुमाए । त्यहाँ कार्यरत २३०० अमेरिकी सेना पनि मारिएको र २०,५०० सेना घाइते भएको रक्षा मन्त्रालयको तथ्याङ्कमा छ ।

र, सबैभन्दा दुःखद पक्ष १८ वर्ष लामो युद्ध, लाखौँको निधनपछि अफगानिस्तान पुनः १८ वर्ष अघिकै अवस्थामा फर्किन लागेको छ ।

अमेरिका अहिले हतारमा तालिवानसँग सम्झौता गरेर बाहिरिने तयारी गरिरहेको छ । तालिवान सन् २००१ डिसेम्बरमा सत्ताच्युत भए यताकै सबैभन्दा बलियो अवस्थामा छ । 

केही विश्लेषकले अफगानिस्तानका राज्य संयन्त्र अझै बलियो नभएको अवस्थामा अमेरिका बाहिरिँदा देश पुनः तालिवानको कब्जामा जाने चिन्ता व्यक्त गरेका छन् । 

‘३० खर्ब डलरको इराक युद्ध’

सन् २००१ मा बुस र उनको प्रशासनभित्रका मध्यमार्गीले इराकमाथि युद्ध टारेको कुरा उल्लेख छ । तर समयसँगै अत्यन्त कुटिल युद्ध पक्षधर हावी हुदैं गए । र, दुई वर्ष भित्रै अमेरिकाले इराकमाथि आक्रमण गर्यो । 

इराकलाई आक्रमण गर्नुअघि उसमाथि लगाइएका कयैन आरोपमध्ये एउटा सेप्टेम्बर ११ को आक्रमणमा उसले अल–कायदालाई सघाएको भन्ने पनि थियो ।

त्यस्तै इराकसँग आम नरसंहारकारी हतियारको भण्डार रहेको गुप्तचर सूचना आफूहरुले पाएको र ती पश्चिमी शक्तिविरुद्ध जुनसुकै समय प्रयोग हुने अमेरिकाले दावी गर्यो ।

सन् २००३ मार्च १९ को मध्य रात इराकको राजधानी बगदादमाथि बमबारी सुरु भयो ।

अफगानिस्तान युद्धमाजस्तै इराक युद्धमा पनि बेलायती प्रधानमन्त्री टोनी ब्लेयर अमेरिकाको सहयोगी बने ।

इराक युद्धको प्रमुख उद्देश्य सद्दाम हुसेनलाई अपदस्थ गर्ने र प्रमुख नेतालाई पक्राउ गर्ने थियो । त्यो लक्ष्य सोही वर्ष डिसेम्बर १३ मा सद्दाम हुसेनको पक्राउसँगै पुरा भयो । हुसेनलाई पक्राउ गरेको तीन वर्ष पछि सन् २००६ डिसेम्बर ३० मा मृत्युदण्ड दिइयो ।

तर अफगानिस्तानमा जस्तै इराकमा पनि सुरुवाती सफलता शान्ति र स्थीरता रुपान्तरण हुन सकेन । र इराकमा अफगानिस्तानमाभन्दा ठूलो प्रतिरोध भयो ।

ठूलो प्रतिरोधको कारण इराक युद्धको सुरुका चार वर्षमा ६ लाखसम्मको मृत्यु भएको तथ्याङ्क बाहिर आएको थियो ।

इराकको भूराजनीतिक अवस्थितिले गर्दा त्यहाँको अस्थिरता छेउका भूभागलाई प्रभावित गर्न थाल्यो । यसमा सबैभन्दा ठूला पीडित बन्यो , सिरिया ।

इराक सिया बहुल राष्ट्र हो । सद्दाम हुसेनको शासनकालमा अल्पसंख्यक सुन्नीले सरकार, प्रशासनदेखि सेनासम्मका उच्च पदहरु ओगटेर बसेका थिए ।

सद्दाम हुसेन अपदस्थ भएपछि सिया समुदायको संख्या अनुरुपकै सबैतिर सहभागिता बढ्न थाल्यो । यस क्रममा सुन्नी समुदायका प्रभावशालीहरु पदमा रहेका सेन्य अधिकारीदेखि प्रशासकहरु राज्यबाट हटाइए । कयैनलाई विगतमा सद्दाम हुसेनको शासनमा भएकै कारण कारबाही गर्न थालियो ।

यसले त्यहाँ साम्प्रदायिक द्वन्द्वको विउ रोप्यो । ती बाहिरिएका सुन्नी प्रशासक र सैन्यले इराकी सरकार र अमेरिकी फौजविरुद्धको प्रतिरोधमा सघाउन थाल्यो । योपछि सुरु भएको इराकी प्रतिरोधको द्वन्द्व पूर्ण रुपमा साम्प्रदायिक रुपमा अघि बढ्यो ।

*****

इराकमाथि आक्रमण गर्नु अघि अमेरिकाले इराकका तत्कालिन शासक सद्दाम हुसेनले अल कायदालाई आर्थिक सहयोग दिएको र उसँग आमनरसंहारकारी हतियार भण्डार रहेको आरोप लगाएको थियो । आफ्ना गुप्चचर निकायसँग यससम्बन्धी बलियो प्रमाण भएको अमेरिकाको तर्क गरेको थियो । तर पछिका अध्ययनले ती दुवै आरोप गलत प्रमाणित भए ।

*****

इराकमा लहरको रुपमा द्वन्द्व देखियो । एक चरणको प्रतिरोधी लहर साम्य भएको अवस्थामा अमेरिका सन् २००९ मा इराकबाट औपचारिक रुपमा बाहिरियो ।

तर त्यसपछि उदाएका एक सुन्नी नेता अबु बकर अल बग्दादीको संगठन आईएसआईएस निक्कै बलियो बनेर निस्कियो । यो संगठनले इराकको छिमेकी सिरियामा पनि आफ्नो प्रभाव फैलाएको थियो ।

आईएसले शक्ति हासिल गर्दै गएपछि इराक युद्ध क्षेत्रीय द्वन्द्वको रुपमा रुपान्तरित भयो । आईएसले पश्चिमी भूमिमा पनि आत्मघाती आक्रमणलाई तीव्रता दिन थाल्ने र अरबी प्रायद्वीपको क्षेत्रीय सन्तुलननै बिगार्न थालेपछि अमेरिका सन् २०१४ मा पुनः इराक युद्धमा फर्किन बाध्य भयो ।

तर, अमेरिका इराक युद्धमा फर्किदाँसम्म इराक अर्को लहरको हिंसात्मक गृहयुद्धमा फसिसकेको थियो । सन् २०१४ देखि सन् २०१७ बीच चलेको यस गृहयुद्धमा कम्तिमा पनि १,९४,८७१ मारिए ।

अमेरिकासमेतको सहयोगमा आईएसविरुद्ध विशेष अभियानपछि सन् २०१७ डिसेम्बरमा इराकका प्रधानमन्त्रीले आईएसमाथि विजय हासिल गरेको घोषणा गरे । आईएसले आफ्ना आधार इलाका गुमाएको भए पनि ती नामेट भने भएका छैनन् ।

सन् २००९ मा इराकबाट फर्किएको एक वर्ष अघि नोबेल पुरस्कार विजयी अर्थशास्त्री जोसेफ स्टिगलिट्जले इराकमा अमेरिकाले गरेको खर्चको हिसाब–किताब गरेर एउटा पुस्तक लेखेका थिए, ‘थ्री ट्रिलियन डलर वार’ । पुस्तकमा इराक युद्धका क्रममा अमेरिकाको ३० खर्ब डलर नष्ट भएको उल्लेख छ ।

उक्त पुस्तकका केही महत्वपूर्ण निष्कर्षलाई समेट्दै लेखिएको आफ्नो लेखमा स्टिगलिट्जले लेखेका छन्, ‘अव्यवस्थित रुपमा सुरु गरिएको यो युद्धको खर्चको सबैभन्दा ठूलो भार इराकमाथि नै पर्यो । इराकको आधा चिकित्सक या मारिए या देश छाडेर हिँडे । बेरोजगार दर २५ प्रतिशतसम्म पुगेको छ । राजधानी बग्दादमा दैनिक आठ घण्टाभन्दा कम विजुली आउँछ । देशको  ३ करोड ९० जनसख्यांमध्य चालिस लाख आन्तरिक रुपमा विस्तापित भएका छन् भने २० लाखले देश छाडेर हिँडेका छन् ।’

मानवीय क्षतिको हिसाबमा इराक युद्ध अफगानिस्तान युद्धभन्दा पनि विनाशकारी सावित भयो । देश अहिले सुन्नी, सिया र कुर्दबीच बाँडिने अवस्थामा पुगेको छ ।

सेप्टेम्बर ११ को आक्रमण र इराक युद्धको औचित्य

इराकमाथि आक्रमण गर्नु अघि अमेरिकाले इराकका तत्कालिन शासक सद्दाम हुसेनले अल कायदालाई आर्थिक सहयोग दिएको र उसँग आमनरसंहारकारी हतियार भण्डार रहेको आरोप लगाएको थियो ।

आफ्ना गुप्चचर निकायसँग यससम्बन्धी बलियो प्रमाण भएको अमेरिकाको तर्क गरेको थियो ।

तर पछिका अध्ययनले ती दुवै आरोप गलत प्रमाणित भए । अल–कायदा सद्दाम हुसेनको पतनपछिको अस्त व्यस्ततामा इराक पसेको थियो । त्यस अघि सद्दामको अल–कायदासँग कुनै सम्बन्ध नभएको अनुसन्धानले देखाएको छ ।

त्यस्तै आम नरसंहारकारी हतियार नभएको तथ्य युद्धको केही पछिकै खोजले देखाएको थियो ।

इराक युद्धको संलग्नताको औचित्यबारे अनुसन्धान गर्न बेलायतमा एउटा आयोगनै बनेको थियो । अवकाशप्राप्त बेलायती निजामती कर्मचारी सर जोन चिल्कोटको नेतृत्वमा बनेको आयोगले सन् २००३ को इराक युद्ध सुरु हुनु अघिको समयमा ‘सद्दाम हुसेनबाट कुनै पनि खतरा नरहेको’ किटान गरेको छ ।

आयोगले इराक युद्धमा संलग्न हुने निर्णय गरेर टोनी ब्लेयरले गल्ती गरेको निष्कर्ष निकालेको छ । चिल्कोटको अनुसन्धानमा ब्लेयरले इराकमा आक्रमणमा जानको लागि बेलायती मन्त्री र जनतालाई झुट बोलेको पनि बताइएको छ । 

स्टिगलिट्जले प्रोजेक्ट सिण्डिकेटमा प्रकाशित गरेको लेखमा लेखेका छन्, ‘इराक युद्धका दुई मात्र विजेता रहे : तेल कम्पनीहरु र सुरक्षा दलाल । त्यस युद्धपछि उपराष्ट्रपति डिक चेनीको पहिले काम गरेको कम्पनी हलिबुटर्नको स्टक मूल्य बढेबाट पनि यो प्रष्ट हुन्छ ।’

अमेरिकी राजनीतिमा इराक युद्धलाई असहिले अनावश्यक र अनैतिक युद्ध मान्ने जनमत बनेको छ । धेरै उक्त युद्ध तत्कालिन उपराष्ट्रपति डिक चेनीको प्रयासमा सुरु भएको मान्छन् । अमेरिकी प्रगतिशिल राजनीतिज्ञ त चेनीलाई निकट विगतको विश्व इतिहासको सबैभन्दा ठूला खलनायकका मान्छन् ।

जर्ज म्यासन विश्वविद्यालयका सहायक–प्रद्यापक अहसन बटले अल जजिरामा एउटालेख लेख्दै इराक युद्धको मुख्य उद्देश्य मात्र विश्व सामु अमेरिकाको शक्ति प्रदर्शन गर्नुरहेको लेखेका छन् । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...