शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एप्पलको आइफोन ११ प्रोले यस्ता रोगीहरुको डर थप बढाइदियो ?

शुक्रबार, २७ भदौ २०७६, ०९ : ३०
शुक्रबार, २७ भदौ २०७६

साना प्वालहरु देखेर डर लाग्ने रोग भएका व्यक्तिले एप्पलले हालै सार्वजनिक गरेको नयाँ फोन आइफोन ११ प्रोले आफ्नो डर थप बढाइदिएको आरोप लगाएका छन् ।

मंगलबार सार्वजनिक भएको उक्त फोन हेरेपछि धेरैको ध्यान त्यसको ‘अल्ट्रा वाइड’ रियर क्यामरा र एकैठाउँमा राखिएका तीन शक्तिशाली लेन्समा केन्द्रीत भएको थियो ।

ती लेन्स ह्यान्डसेट टर्च र अडियो जुम माइक्रोफोनसँगै राखिएका छन् ।

Photo: APPLE

र सयौं स्मार्टफोन प्रयोगकर्ताले आइफोनको यो नयाँ डिजाइने उनीहरुको ‘ट्रिपोफोबिया’ लाई वृद्धि गरिरहेको दाबी गरेका छन् । ट्रिपोफोबिया थुप्रै स–साना प्वालहरु देख्दा लाग्ने डर हो ।

ट्रिपोफोबियालाई सन् २००५ मा अनलाइन फोरम रेडिटमा प्रतिपादन गरिएको हो । त्यतिबेलादेखि यसबारे सोसल मिडियामा व्यापक कुरा हुने गर्छ ।

अमेरिकी हरर स्टोरी नायिका सारा पलसन र मोडल केन्डल जेनरले आफू यस्तै रोगबाट ग्रसित भएको बताउने गर्छन् ।

युनिभर्सिटी अफ इसेक्समा वैज्ञानिक डा. जियोफ कोलले साथी प्राध्यापक आर्नोल्ड वल्किन्ससँग मिलेर ट्रिपोफोबियाबारे पहिलोपटक अध्ययन गरेका हुन् ।

‘यो हामी सबैसँग हुन्छ, मात्रामा मात्र फरक हो,’ डा. कोलले बीबीसीसँगको कुराकानीमा भने ।

उनीहरुको अध्ययन अनुसार स–साना प्वाल सँगै देख्दाको अनुभव भयानक हुनसक्छ ।

डा. कोल र प्राध्यापक विल्किन्सको दस्तावेजमा केही व्यक्तिले बान्ता गरेको र कतिले आफू धेरै दिनसम्म अफिससमेत जान नसकेको बताएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप