बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित २ जना पक्राउ

बिहीबार, २६ भदौ २०७६, २१ : ०३
बिहीबार, २६ भदौ २०७६

बुटवल – रुपन्देही प्रहरीले स्रोत नखुलेको ४० लाख रुयैयाँसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार पक्राउ पर्नेहरुमा थाना नौतनवा, ग्राम लौटन भारतका २४ वर्षिया रितेशकुमार मधेसिया र सोही ठाउकै २४ वर्षिया निरजकुमार अग्रहरी रहेका छन ।

जिप्रकाका अनुसार विहीवार दिउसो ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

सिद्धार्थनगर नगरपालिका १ वाइपासस्थित सडकमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको भारतीय युपी ५६ वाइ ७०४९ नं।को मोटर साइकलमा उनीहरु सवार रहेका थिए । 

सोही मोटरसाइकललाई रोकी चेकजांच गर्ने क्रममा मोटर साइकल चालकले झोला खान तलासी गर्दा श्रोत नखुलेको अबैद्य रकम ९हुण्डी०े बरामद भएको प्रहरीले जनाएको छ । 

जिप्रकाका अनुसार विभिन्न दरका नेपाली नोटहरु ३८ लाख ९३ हजार १ सय  र विभिन्न दरका भारतीय नोटहरु १ लाख ६४ हजार भारतीय रुपैया गरी ४० लाख ५७ हजार एक सय रुपैया बरामद भएको छ । 

उनीहरुसगबाट बिभिन्न बैंकका चेक समेत बराद गरिएको छ । पक्राउ परेका व्यक्तीहरुलाई जिप्रका कार्यालयको नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाइएको छ ।

विभिन्न बैंकका विभिन्न व्यक्तीको नाममा विभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७ सय रुपैया बराबरको १० थान चेक , विभिन्न बैंकका चेक बुकहरु ५ थान, भारतीय र नेपाली बैंकको एटीएम कार्ड ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप