शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलबाटै एलेन गुरुङ अपहरण, चारजना पक्राउ

बिहीबार, २६ भदौ २०७६, २० : १०
बिहीबार, २६ भदौ २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् ।

उनलाई सिन्धुपाल्चोकका दिनेश लामासहित चारजनाको समूहले अपहरण गरेको हो । अपहरण परेको सूचना पाएसँगै गुरुङ र चारजना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले बताए ।

कालीमाटी वृतका प्रमुख एवं डीएसपी रुगम कुवँरको खटिएको टोलीले अपहरणकारीलाई सोल्टीमोड मार्गनजिकै रहेको हङग्री एण्ड फुडअन्तरा क्याफेबाट पक्राउ गरेको हो । 

एलेन गुरुङ भद्रपुरबाट काठमाडौं आएका थिए । उनीहरुबीच आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ । 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप