शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको कोष

बिहीबार, २६ भदौ २०७६, १९ : ३३
बिहीबार, २६ भदौ २०७६

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि  पाँच करोडको कोष स्थापना गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि सो कोषको स्थापना गरिएको घोषणा गरेका हुन् ।

कोषमा संघीय सरकारले १ करोड ५० लाख, प्रदेश ३ को सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम योगदान गरेका हुन् । तीनवटै तहको साझेदारीमा सो पर्वको संरक्षण तथा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ स्थापना गरिएको मन्त्री भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकाकै विशेष महत्व बोकेको यो पर्वलाई संरक्षण गर्न गत भाद्र २२ गते बसेको मन्त्रिपरिषद बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको सबै सांस्कृतिक पर्वहरुको संरक्षणका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए । सो कोष काठमाडौं महानगरपालिकाका प्रमुखको नेतृत्वमा सञ्चालन हुने कार्य योजना पनि तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप