मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता

बिहीबार, २६ भदौ २०७६, १८ : ५७
बिहीबार, २६ भदौ २०७६

काठमाडौं–ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार खुल्ला विश्वविद्यालयको सम्पूर्ण बैंकिङ कारोबार ग्लोबल आइएमई बैंकबाट हुने भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका किर्तिपुर ब्रान्च म्यानेजर शोभा न्यौपाने र खुल्ला विश्वविद्यालयका तर्फबाट रजिष्टार कमल ढकालले हस्ताक्षर गरेका छन् ।

अबदेखि खुल्ला विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरुको शुल्क ग्लोबल आइएमई बैंकबाट भुक्तानी हुने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप