बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२ भदौबाट स्वेता दयाहाङकी कान्छी

सोमबार, ३० साउन २०७४, १५ : ५०
सोमबार, ३० साउन २०७४

काठमाडौं – अभिनेत्री स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’ २ भदौबाट छायाँकनमा निस्किने भएको छ । सोमबार दरबारमार्ग स्थित राइजिङ मलको चाइनिज रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा निर्माण युनिटले चलचित्र छायाँकन लगायत बिभिन्न पक्षको जानकारी गरायो । 


केही पहिले घोषणा गरिएको यो चलचित्र आकाश अधिकारीले निर्देशन गर्न लागेका हुन् । यम थापाको पटकथा तथा संवाद रहेको चलचित्रमा निर्माता समेत रहेकी अभिनेत्री स्वेता र अभिनेता दयाहाङ राङको मुख्य भुमिका रहनेछ । अभिनेत्री अनु शाह, भूमिका श्रेष्ठ पनि चलचित्रको मुख्य कलाकारमा देखिएका छन् । यस अगाडि अनुबन्धित भएकी अभिनेत्री नम्रता सापकोटा भने चलचित्रबाट हटेकी छन् । 


पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य रहने चलचित्र ४५ दिनको सेड्यूल सहित छायाँकनमा निस्किन लागेको हो । 


२६ माघ रिलिज लक्ष्य लिइएको चलचित्रको कार्यक्रममा कार्यक्रममा निर्माता बितरक माधव वाग्ले, अर्जुन कुमार, कलाकार निर्देशक नीर शाह लगायत चलचत्रिको लागि शुभकामना दिए ।

–  एउटा गाउँको कथामा आफुले चलचित्र बनाउन लागेको निर्देशक आकाशले बताए । अधिकांश यूवायूवतीहरु अहिले बिदेशिदा गाउँमा मलामीको अभाव पर्ने गरेको छ । यस्तै कथा चलचित्रमा आफुले उठाएको आकाशले सुनाए ।


– अन्य चलचित्र भन्दा कान्छीमा आफ्नो फरक भुमिका हुने अभिनेता दयाहाङले बताए । चलचित्रमा आफ्नो भुमिका इन्टेस्टीङ रहेको उनले सुनाए ।  


– अभिनेत्री स्वेताले आफूले बनाउने चलचित्रमा सबैको साथ र सहयोगको खाचो रहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप