बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकमा भाषा मिलाउन जनार्दन शर्माको सुझाव

बिहीबार, २६ भदौ २०७६, १२ : ३८
बिहीबार, २६ भदौ २०७६

काठमाडौँ– नेकपाका सांसद जनार्दन शर्माले नागरिकता विधेयमा भाषा मिलाउन सुझाव दिएका छन् । 

संसदीय समितिका सदस्यहरुबीच नागरिकता विधेयकबारे फरकफरक धारणा आएपछि समितिबाट अघि बढ्न सकेको छैन । 

यो विधेयकमा नेपालीसँग विवाह गरेर आएका महिलालाई कति समयपछि मात्रै नागरिकता दिने भन्नेमा सांसदहरुबीच विवाद छ । सोही विधेयकबारे समितमा बिहीबार भएको छलफलका क्रममा पूर्व गृहमन्त्री समेत रहेका शर्माले बैबाहिक जीवनमा व्यवहारिक संकट नआउने गरी समाधान गर्नुपर्ने बताए ।

 ‘कुन देशमा के छ भन्ने भन्दा पनि हामी यो समस्यालाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रीत हुनुपर्छ । अरु देशका उदाहरण लिनु एउटा कुरा हो तर त्यही देशको जस्तो हुनुपर्छ भन्ने छैन’ शर्माको भनाई छ । 

उनले पूर्व पश्चिम या उत्तर दक्षिण जुनसुकै सीमानामा बसेपनि हामी सवै नेपाली भएको र कस्तो कानुुन बनाउने भन्ने पनि हाम्रो आफ्नै जिम्मेवारीभत्र पर्ने बताए । 

उनले हाम्रो आर्थिक अवस्था, जनसंख्या र छिमेकी देशहरुको सम्बन्धलाई समेत ख्याल गर्दै नेपालको हित र रक्षालाई प्राथमिकतामा राख्दै कानुन निर्माण गर्न सक्नुपर्ने बताए ।  

‘भावनात्मक र व्यवहारिक रुपमा मात्रै यो विषयमा निर्णय गर्ने होइन यसलाई रणनैतिक रुपमा पनि हेर्नुपर्छ । त्यसैले विधेयकमा सरकारले भाषा मिलाएर ल्याउनुपर्ने देखिन्छ’ शर्माको सुझाव छ । उनले कानुन बनाउँदा छिमेकीहरुसँगको सम्बन्धका बारेमा पनि ख्याल गर्नुपर्ने बताए ।

 ‘छिमेकीहरुको सम्बन्ध तोड्ने होइन, त्यसलाई जोगाउदै अघि बढ्नुपर्छ’ शर्माको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप